काठमाडौं,१७ चैत्र ।
भारतीय फिल्म उद्योगमा पूर्व पोर्न स्टार सन्नी लियोनको करियर राम्रै चलिरहेको छ । पछिल्लो समय उनले बलिउडमा फिल्म पाइरहेकी छिन् । उनका पति डेनियल बिबरले पनि फिल्म अभिनय सुरु गरेका छन् ।
तर, सन्नी अब फिल्म निर्माणमा पनि लाग्न चाहन्छिन् । उनी अब प्रियंका चोपडा, अनुष्का शर्माझैं फिल्म अभिनयका साथै निर्माण करिअर पनि अघि बढाउने सोचमा छिन् । उनी आफूले निर्माण गर्ने फिल्ममा आफूसँगै पतिलाई पनि अभिनय गराउन चाहन्छिन् ।
No comments: