Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » जातीय विभेद हटाउन सबैको साझा दायित्व हो ः नेपाली

प्रविर ददेल बैशाख २८, रुकुम । जातीय बिभेद न्यूनीकरण गरि समउन्नत समाजको निर्माण गर्ने सबै जातीको साझा दायीत्व रहेको राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीले जनाएको छन् । शनिबार मग्मा गाविसलाई जिल्लाको दोस्रो जातीय छुवाछूत नमूना गाविस घोषणा कार्यक्रमलाई सम्बोधन गदैँ नेपालीले यस्तो धारणा राखेका हुन् । सदियौँ बर्ष देखि समाजमा जरो गाडेको जातीय छूवाछूत न्यूनीकरण गर्न दलित समुदायको ठेक्का नभई क्षमता , भिजन र मिसन हुने जो कोहीले पनि जातीय छुवाछूत अभियानको नेतृत्न गर्न सक्ने जनाएका छन् । जातीय छुवाछूतको मुद्दा दलितले नै उठाउने, जनजातीको मुद्धा जनजातीले मात्र उठाउनु पर्ने, महिलाको मुद्दा महिलाले मात्र उठाउने पर्ने नभई गर्ने मिसन , भिजन र दृष्टीकोण हुने जो कोहीले उठाउनु पर्नेमा जोड दिएका छन् । जातीय छुवाछूत दलित समुदायको समस्या सँग सँगै राष्ट्रको समस्या भएको कारण सबै नेपालीहरु एकजुट भएर लाग्नु पर्ने बताएका हुन् । दलित समुदाय एउटा गैर दलितका कारण नभई राज्यबाट नै बहिष्कृत परेका कारण सामाजिक, सांस्कृतिक, आर्थिक, राजनैतिक रुपमा पछाडि परेको पष्ट पारे । उनले भने, दलित समुदाय शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयमा समेत पछाडि परेका हुँदा दलितहरुलाई विशेष अधिकारको आवश्यकता रहेको जानकारी दिए । हामीले गैर दलितको अधिकार कटौति गरेर दलितलार्य अधिकार दिनुपर्छ भनेका छैनौ ? तर सील्पकार दलितहरुलाई अछूतको बिल्ला भिराएर पछाडि पार्ने राज्यबाट क्षतीपूर्ति मागेका हौँ । एउटा परिवर्तनको मुद्दालाई व्यवस्थापन र सम्बोधन गर्ने थियो भने समुदाय स्तरबाट गर्नु पर्ने थियो । तर नेपालले हचुवाको भरमा देशलाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको र विभेदहरु ज्यूँका त्यूँ रहेका कारण समुदाय स्तरबाट जातीय छुवाछूत घोषणा गर्ने अभियानमा लागेर मग्माबासीले समाजिक रुपान्तरणमा पाईलामा एक कदम अगाडि बढेको जानकारी दिए । मग्मा पञ्चायतकालमा नै दलित समुदायको व्यक्तिलाई प्रधान पञ्च बनाए जातीय छुवाछूत न्यूनीकरण गर्ने अभियानमा लागेको स्मरण समेत गरे । अब समुदाय स्तरबाटै जातीय छुवाछूत घोषणा गरेर दलितका समस्या पहिचान गरेर नमूना वस्ती निर्माण गर्न समेत पहल स्थानीय विकास अधिकारी तथा जिल्ला दलित समन्वय समितिका अध्यक्ष भरतकुमार शर्माले जानकारी दिए । उनले भने, जिल्ला भरी नै जातीय छुवाछूत मुक्त नमूना जिल्ला निर्माण गर्ने जनाए । मग्मा गाविस जिल्लाको दोस्रो छुवाछूत मुक्त गाविस घोषणा गरेको भन्दै जिल्ला विकास समितिबाट रु ५० हजार रुपैँया पुरस्कार स्वरुप प्रदान गरिएको छ । कार्यक्रममा पूर्व जिल्ला विकास समिति सभापती तथा नेकपा एमालेका केन्द्रिय सदस्य खेममान खड्का, नेपाली कांग्रेसको ....नेकपा एमालेका ठकेन्द्र प्रकाश पुरी, एकीकृत नेकपा माओवादीका उपेन्द्रलाल कामी, नेकपा माओवादीका नरबहादुर रोका मनकामना, संघिय समाजवादका प्रतिनिधि लोकमान पुनलगायत जिल्ला विकास समन्वय समितिका उपाध्यक्ष टेकबहादुर नेपाली, नेपाल दलित संघका केन्द्रिय सदस्य यज्ञबहादुर परियार, उत्पीडित उपेक्षित...... आशा स्वर्णकार, राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य रातो कामी, नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश विक चिन्तन, संयुक्त दलित संघर्ष समितिका कोषाध्यक्ष गंगाराम चनारा, रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीलगायतका दलित अधिकारकर्मीहरुले मन्तव्य दिएका थिए । बोल्ने बक्ताहरुले जातीय छुवाछूत घोषणा सँगै कार्यन्वयन गर्न समेत समुदायनै पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply