बैशाख २४, रुकुम । रुकुम जिल्ला कारगारका कैदी बन्दीहरुले भुकम्प पीडितहरुको लागि राहत संकलन गरेका छन् । भूकम्प पिडितहरुको लागि देशैभरी राहात संकलन भैरहेको बेला रुकुमका कैदीबन्दीहरुले जेलभित्रैबाट राहत संकलन गरि पठाएका हुन् । उनीहरुले जेलभित्र संकलन गरेको रु.८ हजार १० रुपैया राहत प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाललाई हस्तान्तरण गरेका छन् । देशलाई ठुलो बिपत्ति परेको बेला पीडितहरुलाई सहयोग गर्न जेलभित्रै राहत संकलन गरेर हस्तान्तरण गरेको कैदी बन्दी सुरज परियारले बताए । उनले भने, भुकम्प पीडितलाई सानो सहयोग स्वरुप आफनो रकम संकलन गरेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा गरि दिन आग्रह गरेको जनाए । रुकुमका कैदीहरुले विभिन्न ठाउँ र निकायबाट संकलन भएको राहतको सहि सदुपयोग भई पिडितले नै पाउनु पर्ने राज्यसँग माग राखेका छन् । बन्दीहरुले संकलन गरेको राहत रकम प्रधानमन्त्री राहत कोषमा जम्मा जम्मा गरिदिने भएकाले पीडित व्यक्तिहरुले राहत पाउने प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले जनाएका छन् । जिल्ला कारगारमा रुकुममा ६३ जना पुरुष, १० जना महिला र २ जनाबाबालिकाहरु रहेका छन् ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
Home
»
»Unlabelled
» रुकुमका बन्दीले भुकम्पपीडितलाई राहत
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
जागीरका लागि अन्तरवार्ताका क्रममा अन्त्यतिर रोजगारदाताले ‘केही सोध्नु थियो कि ?’ भनेर तपाईंंलाई प्रश्न गर्न सक्छन् । त्यो तपाईंंलाई आफू त्यो...
-
गर्भमा रहेका शिशुलाई थप खतरा के तपाईंको बच्चाले आवश्यकताभन्दा बढी मात्रामा मोबाइल, ट्याब, ल्यापटपलगायत ग्याजेट्सको प्रयोग गर्छ ? यसो...
-
प्रवीर ददेल रुकुम । रुकुम उज्यालो कार्यक्रम अन्तरगत जिल्लाको खारा गाविसमा ५४ किलोवाट क्षमताको विद्युत उत्पादन भएको छ । खारा गाविसमा निर्...
-
रूकुमलाई केन्द्रबिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ। साँझ ६ बजेर ८ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। क...
-
प्रविर ददेल रेखदेख संवाददता - रुकुममा ट्रकले किचेर बालकको मृत्यु भएको छ । विहान आठ बजे जिल्ला सदरमुकाम खंलगा स्थित त्रिवेणी चोकमा होली खे...
-
प्रविर ददेल माघ १ रुकुम । नेपाली कांग्रेस रुकुमका नेता तथा पूर्व जिल्ला विकास समिति रुकुमका सभापति स्वर्गिय हरिभक्त ओलीको १९ औं स्मृति ...






No comments: