वीरवहादुर मल्ल जेष्ठ ७ गते । सञ्चारकर्मी धनकुमार शाहीद्धारा लिखित साहित्य सँगालो पुस्तकको विहिवार विमोचन गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमले मुसिकोट खलंगामा आयोजना गरेको कार्यक्रममा स्थानीय विकास अधिकारी भरतकुमार शर्माले साहित्य संगालो पुस्तकको विमोचन गरेका हुन् । कविता तथा गजल संग्रहको रुपमा प्रकाशित साहित्य संगालो पुस्तकमा राष्ट्र र राष्ट्रियता, अर्ति उपदेश, जिवन र जगत, दुःख र वेदना, माया प्रेम लगायत विभिन्न खालका गजल र कविताहरु समेटिएका छन् । पुस्तकको विमोचन गर्दै प्रमुख अतिथि स्थानीय विकास अधिकारी भरतकुमार शर्माले रुकुमको साहित्यक यात्रामा एउटा इट्टा थपिएको जनाएका छन् । जिल्लाको साहित्यक क्षेत्रको विकास, संरक्षण र संम्वृद्धनमा सवैको भुमिका रहने उल्लेख गर्दै उहाँले साहित्यकारले आफ्नो कला र शैलीबाट समाजलाई सही दिशामा अघि वढाउने वताउनुभयो । साहित्यकार एवं संचारकर्मी शाहीले प्रकाशन गरेको पुस्तकमा आफुले भोगेका अनुभव, जन्मे हुर्केको ठाउँ, जिल्लाको पर्यटकिय स्थलको प्रचारलाई समेटेको प्रमुख अतिथि शर्माको भनाई रहेका छ । त्रिभुवन जनता उच्च माध्यमिक विद्यालयको सभाहलमा भएको विमोचन कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय उपाध्यक्ष कमलमणी देवकोटा, परिषद् जिल्ला शाखाका सल्लाहकार हरिप्रसाद खनाल, मुकुन्द प्रसाद शर्माले पुस्तकको टिप्पणी गरेका थिए । कार्यक्रममा लेखक धनकुमार शाहीले अग्रज साहित्यकारहरुको सल्लाह सुझाव र टिप्पणीलाई ग्रहण गर्दै आगामी दिनको यात्रालाई निरन्तरता दिने जनाए । पत्रकार महासंघ रुकुमका अध्यक्ष एवं परिषद् जिल्ला शाखाका सल्लाहकार गणेश विक चिन्तन, रेडियो सानीभेरीका स्टेशन मेनेजर ध्रुव विक्रम वुढाथोकीले पनि कार्यक्रममा सुभकामना मन्तव्य राखेका थिए । राप्ती साहित्य परिषद् रुकुमका अध्यक्ष गिरीप्रसाद वुढाको अध्यक्षतामा भएको कार्यक्रममा त्रिभुवन जनता उच्च मावि खलंगाका प्राचार्य मीन वहादुर पुन, शैक्षिक तालिम केन्द्रका संयोजक चन्द्र वहादुर मल्ल, स्थानीय शान्ति समितिका सचिव राजु लामिछाने लगायत साहित्यकार, साहित्य प्रेमी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । राप्ती साहित्य परिषद् रुकुमका कोषाध्यक्ष तुलवहादुर देवकोटाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन सचिव सिर्जना शर्माले गर्नुभएको थियो ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
Home
»
»Unlabelled
» पत्रकार शाहीको साहित्य संगालोको विमोचन
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्ध...
-
उद्दारका लागि सरकारसँग माग भदौ १, रुकुम । बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबाङ ं४,रोल्पाका पन्चबहादुर रोकामगर जेल परेका छन । ...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
Add caption बैशाख १, रुकुम । (अस) जिलामा सबैभन्दा ठुलो पुरस्कार राशीको बुद्धीचाल(चेस) प्रतियोगीताको उद्द्याटन भएको छ । रुकुम सदरमुका...
-
प्रविर ददेल मंसिर ७ रुकुम । राष्ट्रिय गौरबको आयोजना १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजना नेपालकै लगानीमा निर्माण हुने ...
-
रुकुम जिल्ला मुसिकोट नगरपालिका १४ (साविवको छिवाङ–८) छिवाङखोला निवासी डिल्लीबहादुर ओलीको जेठो छोरा वर्ष १२ को गहुँगारो वर्णको कालो जिन्स पा...






No comments: