प्रविर ददेल रुकुम । गत बैशाख १२ र २९ गते गएको महा विनासकारी भुकम्पले रुकुममा पु¥याएको क्षती भन्दा तथ्याङ्क बढी संकलन भएको आशंका गरिएको छ । तथ्याङ्कमा जिल्लाका सरकारी भवन देखि सर्बसाधारणहरुका घरमा ठुलो क्षती पुगेको देखिएको हो । रुकुमका ४१ गाविस र १ नगरपालिका १ सय ३६ घर पूर्णरुपमा क्षती पुगेको जिल्ला दैबीक प्रकोप उद्धार समितिका अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले जनाए । उनले भने, जिल्लाका ९ सय ७६ घर आंशिकरुपमा क्षती भएको छ । भने सरकारी संरचना समेत ठुलो क्षती देखिएको छ । जसमा सल्ले विमान स्थल, जिल्ला अस्पताल, देवीदल गण, जिल्ला कारागार, जिल्ला प्रशासन कार्यालय, को.ले.नि.का., जिल्ला हुलाक, मुसिकोट बहुमुखी क्यापस, जिल्ला शिक्षा कार्यालय, र गाविस कार्यालय, स्वास्थ्य चौकीलगायतका १६ सरकारी संरचनाहरुमा क्षती पुगेको जनाईएको छ । बिनाशकारी भुकम्पका कारण सबै भन्दा बढी मग्मा र जाङ गाविसमा वढी क्षती पुगेको जिल्ला प्रशासन कार्यालय रुकुमको तथ्याङ्कमा देखाएको छ । जसमा मग्मा २९ घर पूर्ण रुपमा क्षती भएको छ । भने, १ सय ३१ घरमा आशिक रुपमा क्षती जनाएको छ । यसका साथै जाङमा १८ घर पूर्ण रुपमा क्षती पुगेको देखाएको छ । जिल्लामा बैशाख १२ र २९ गते गएको महाभुकम्पका कारण क्षती विवरण सोचे भन्दा बढी आएको आशंकामा जिल्ला स्थित प्राविधिक सहितको टोली भुकम्पको क्षतीको अनुगमन तथा मुल्याङकन गर्न गाँउ गाउँ पुगेको छ । अत्याधिक क्षतीको विवरण जिल्ला प्रशासन कार्यालय रुकुममा आएपछि अनुगमन गर्न जिल्ला दैवीक प्रकोप उद्दार समितिले रुकुमका ४१ गविस र १ नगरपालिकाका सबै वडाहरुमा पुग्न प्राविधिक, गाविस सचिव र प्रहरी सहितको १२ टोली गाउँ पठाएको जिल्ला प्रशासन कार्यालय रुकुमले जनाएको छ । गाउँ पुगेको टोलीले जेठ दोस्रो तेस्रोसाता सम्म रिर्पोट बुझाउने र सहि तथ्याङ्क सार्वजनिक गर्ने जनाएको छ । भुकम्पको क्षतीको अनुगमन गर्न खारा गाविस पुगेका प्राविधिक विकास विष्टले नभत्केका घरको समेत क्षती भएको तथ्याङ्कमा नाम रहेको रेखदेखलाई जनाएका छन् । यस अघि गाविस कार्यालय र प्रहरी कार्यालय मार्फत तथ्याङ्क संकलन गरेका थिए ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
Home
»
»Unlabelled
» भुकम्पको क्षती भन्दा तथ्याङ्क बढीको आशंका
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्ध...
-
उद्दारका लागि सरकारसँग माग भदौ १, रुकुम । बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबाङ ं४,रोल्पाका पन्चबहादुर रोकामगर जेल परेका छन । ...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
Add caption बैशाख १, रुकुम । (अस) जिलामा सबैभन्दा ठुलो पुरस्कार राशीको बुद्धीचाल(चेस) प्रतियोगीताको उद्द्याटन भएको छ । रुकुम सदरमुका...
-
प्रविर ददेल मंसिर ७ रुकुम । राष्ट्रिय गौरबको आयोजना १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजना नेपालकै लगानीमा निर्माण हुने ...
-
रुकुम जिल्ला मुसिकोट नगरपालिका १४ (साविवको छिवाङ–८) छिवाङखोला निवासी डिल्लीबहादुर ओलीको जेठो छोरा वर्ष १२ को गहुँगारो वर्णको कालो जिन्स पा...






No comments: