रेखदेख संवाददाता
बैशाख २२, जाजरकोट । जाजरकोटमा फैलिएको स्वाईन फ्लु नियन्त्रणमा आएको छ । जाजरकोटमा चैत पहिलो साता देखि फैलिएको स्वाईन फ्लु तथा मौसमी रुघाखोकी १२ हजार ६सय ३७ जनाको उपचार भएको नियन्त्रणमा आएको जिल्ला स्वास्थ्य कार्यालय रुकुमले जनाएको छ । जिल्लाको १५ वटा गाविसमा रहेका १६ स्थानमा इन्फुइन्जाका बिरामीको शिविर राखेर उपचार भएपछि रोग नियन्त्रण गर्न सफल भएको जिल्ला स्वास्थ्य कार्यालयले जाजरकोटले जानकारी दिएको छ । इन्फुइन्जाका नियन्त्रणका लागि यहाँका विभिन्न ठाउँमा ४५ जना चिकित्सक र ३ सय ५५ जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । भने ३ सय ३० जना स्वयमसेवक परिचालन गरिएको थियो । जिल्लाका सबैभन्दा बढी ६ गाविस प्रभावित भएका थिए । सबैभन्दा बढी पैक गाविसमा इन्फुइन्जाका बिरामीको संङख्या बढिरहेको छ । पैकमा एक हजार ८ सय ३७ जनाको उपचार गरिएको छ । अहिले जिल्लाका १६ ठाउँमा रहेका स्वास्थ्य शिविर स्वास्थ्यकर्मीको अभावमा घटाएर सातवटामा पु¥याएको छ ।
मुख्यसचिव लीलामणि पौडेलले जाजरकोटमा रहेर दुई हप्ता काम गर्न दिएको निर्देशन केही स्वास्थ्यकर्मीले अटेर गरेर जाजरकोट छाडेका छन् । जिल्लाका अधिकांश ठाउँमा अहिले इन्फुइन्जाका नियन्त्रणनजिक पुगेको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ । नियन्त्रण भयो भनेर ढुक्क हुनसक्ने अवस्था भने नभएको जिल्ला स्वास्थ्य जाजरकोटका प्रमुख धीरजजङ्ग शाहले जानकारी दिए । उनले भने, रोग नियन्त्रण उन्मुख भएपनि पूर्ण रुपमा नियन्त्रणमा आएको छैन् ।
भने रोग फैलिएको स्थानमा खटिएका स्वास्थ्यकर्मीलाई त्यहाँका स्थानीयले सधैँ गाउँमै बसेर उपचार गर्न आग्रह गरेका छन् । यहाँ अहिले पनि इन्फुइन्जाबाट सङ्क्रमित बिरामी आउने क्रम रोकिएको छैन् । पहिलेको भन्दा कम भएको स्वास्थ्यकर्मीको भनाइ रहेको छ । जाजरकोटमा राखिएको हेलिकोप्टरसमेत काठमाडौँ लिइएको छ । जाजरकोटमा स्वाईन फ्लुबाट ३० जनाको ज्यान गएको छ ।
जाजरकोटको फैलिएको स्वाईनफ्लु नियन्त्रणमा

Tag:
No comments: