Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » नेपाली कांग्रेस साच्चै कांगेस हुनुपर्दछ ः घिमीरे



प्रविर ददेल
बैशाख २२, रुकुम । नेपाली कांग्रेसका केन्द्रिय सदस्य श्यामकुमार घिमीरेले कांग्रेस साच्चीकैको कांग्रेस हुनुपर्ने बताएका छन् । रुकुम सदरमुकाम मुसिकोट स्थित बाल मन्दिरहलमा विगतमा जनतासँग नेपाली कांग्रेस विपीको दुरदृष्टी वर्तमान संकटमा कांग्रेस कार्यकर्ताको जिम्वेवारीपूर्ण भुमिका विषय अन्तरक्रिया कार्यक्रममा यस्तो धारणा राखेका हुन् । विशेषगरी नेपाली कांग्रेस पञ्चायतवाद र कमनिष्टबादको समिश्रण भएको कारण पार्टी बवार्द भएको भन्दै कांग्रेस साच्चीकै कांग्रेस हुनु पर्ने बताएका छन् ।
कांग्रेसका कमजोरीका कारण कमनिष्टहरु नेपालमा बलियो भएको भन्दै कांग्रेसका कमीकमजोरीहरुलाई सुधार गरेर जानुपर्ने जनाएका छन् । बिशेषगरी महिनौ बैठक नवस्ने, भातृ संगठनहरुका कन्तविजोग हुनु, सरुवा, बढुवा, नियूक्ति जस्ता काममा नेता तथा कार्यकर्ता सक्रिय हुनु, पार्टी व्यक्तिले चलाउनु जस्ता कमी कमजोरीले पार्टीलाई कमजोर बनाएको हुँदा यसलाई सुधार गरेर अगाडि वढ्नु पर्ने धारणा राखेका छन् ।
नेपालका विकास निर्माण आवश्यकता र मागका आधारमा नभई पहुँच र प्रभावका आधारमा वितरण हुने भएकोले देशको मुहार नफेरिएको समेत स्पष्ट पारेका छन् । नेपाली कांग्रेस साच्चीकै रुपमा कांग्रेस भएर समाजवाद, प्रजातन्त्र र राष्ट्रियताको रक्षा गरे नेपालका कमनिष्टको पत्तासाप हुने समेत जनाए । उनले भने, संसारका कमनिष्टहरु महाभुकम्प हुन, यिनीहरुले संसारका  करोडौँ मान्छेको ज्यान समेत लिइ सकेका छन् ।
हरेक मानिसको चाहाना भनेको शान्ति, समृद्धि, सम्मान र स्वतन्त्रता रहेको हुँदा हत्या हिंसा र आन्दोलनको कुनै अर्थ नरहेको जनाएका छन् । विगतमा जनता सँग नेपाली कांग्रेस विपीको दुरदृष्टी बर्तमान संकटमा कांग्रेस कार्यकर्ताको जिम्मेवारीपूर्ण भुमिका विषय अन्तरक्रियाको आयोजना विपी प्रतिष्ठान रुकुमको आयोजनामा गरिएको थियो । अन्तिरक्रिया कार्यक्रममा केन्द्रिय सदस्य श्यामकुमार घिमीरे द्धारा लिखित नेपाली कांग्रेस प्रजातन्त्र र बिधीको शासन नामको पुस्तकको समेत विमोचन गरिएको थियो । पुस्तकको विमोचन १२ वर्षे शसस्त्र द्धन्दका घाईते गोपाल शर्मा, दलित महिला भावना गहतराज र शहिद पुत्री करिणा शाहले गरेका थिए । कार्यक्रम विपी प्रतिष्ठानका अध्यक्ष खड्कबहादुर डाँगीको अध्यक्षतामा सचिव आर्दश केसीले सञ्चालन गरेका थिए । भने कार्यक्रममा नेपाली कांग्रेस सम्वद्ध नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply