Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » रुकुमको घर गाउँमा राहत वितरण



प्रवीर ददेल
बैशाख १२ गते शनिबार गएको महाभुकम्पबाट पीडित परिवारलाई घर गाउँमै गएर राहत वितरण कार्यक्रम सञ्चालन गरिएको छ ।  बिहीबार प्रमुख जिल्ला अधिकार अन्तरबहादुर सिलवालले पत्रकार सम्मेलन गरेर महाभुकम्पबाट पीडित परिवारलाई घर गाउँमै गएर राहत वितरण गरेको जनाएका छन् ।
 महाभुकम्पका कारण जिल्लामा मानवीय क्षती नभएपनि भौतिक पूर्वाधारमा व्यापक क्षती भएको र पीडितको समस्यालाई मध्यनजर गदैँ घर गाउँमै गएर राहत वितरण कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाएको  प्रजिअ सिलवालले जनाए । उनले भने, रुकुममा बैशाख १२ गते गएको महाभुकम्पवाट रुकुम हाल सम्म १ सय २० घर मध्ये ५६ घर पूर्ण रुपमा क्षती भएको छ । भने ६४घर आंशिक रुपमा क्षती भएको जिल्ला प्रशासन कार्यालय रुकुमले जनाएको छ । पूर्णरुपमा क्षती भएको घरमध्ये ५१ घरमा राहत वितरण भएको र बाकी घरमा एक दुई दिनमै वितरण गर्ने तयारी भएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष अन्तरबहादुर सिलवालले जनाए । 
पूर्णरुपमा क्षती भएका घरपरिवारलाई त्रिपाल, भाडाकुडा, तथा नगत रु ५ हजार रुपैँयाका दरले राहत घरगाउँमै  वितरण गरिएको छ । विशेषगरी पूर्वी रुकुम तकसेरा, महत, मोरावाङ, मग्मा, सिम्ली, चौखावाङ, चुनवाङ, छिवाङ, जाङलगायतका भुकम्पबाट प्रभावित गाविसहरुमा राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय रुकुमले जनाएको छ ।
महाभुकम्पले रुकुममा १ सय २० घरधुरी , १४ विद्यालय र ४ सरकारी कार्यालयमा क्षती भएको जनाएको छ । यसका साथै अझै गाउँमा भुकम्पको कारण भत्कीएका घर तथा संरचनाहरुको खोज तथा अनुसन्धान भईरहेको र यसको सख्या बढ्न सक्ने जिल्ला प्रशासन कार्यालय रुकुमले जनाएका् छ । यसका साथै रुकुममा महाभुकम्पका कारण तकसेरामा १ जनाको मृत्यु र जाङ गाविसमा एक जना घाईते भएको जनाएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply