Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » मधेशका दलितको अबस्था उस्तै ः नेपाली



चिना वि.क.
बैशाख २०, रुकुम । नेपालका मधेशी समुदायका दलितहरुको अवस्था उस्तै रहेको राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीले बताएका छन् ।  रुकुम  जिल्ला सदरमुकाम मुसिकोट स्थित जिल्ला विकास समितको सभाहलमा  भएको जातीय भेदभाव तथा छुवाछुत अन्त्य तथा दलितहको अधिकार प्रर्बद्धन संयन्त्र २०६८ को  बैठकमा यस्तो धारणा राखेका हुन् ।
नेपाल सरकारले जातीय छुवाछुत अन्त्य सम्बन्धी नीति, नियम तथा कानुन निर्माण गरेपनि कार्यन्वय पक्ष कमजोर भएका कारण मधेशका दलितहरुको अवस्थामा सुधार आउन नसकेको हो ।
 विशेषगरी नेपालका तराईका जिल्ला र पहाडका ग्रामीन बस्तीहरुका दलितहरु अझै पनि जातीय विभेदको सिकारमा परिरहेको हुँदा यसको न्यूनीकरणको लागि सरोकारवाला पक्ष लाग्नु पर्ने जनाएका छन् । रुकुम जातीय छुवाछुत  न्यूनीकरण अभियानमा अग्र स्थानमा रहेपनि देशका मधेश तथा तराईका दलितहरु भने अझै पनि सकुम्वासी जीवन विताईरहेको प्रति लक्षित गदैँ दलितहरुको अवस्था उस्तै रहेका जानकारी दिएका छन् ।
 दलितहरुको अवस्था सुधार गर्न राज्यले नै दलितहरुलाई आर्थिक रुपमा मजवुद बनाउन, दलितहरुको सीप तथा कलाहरुलाई आधुनीकिरण तथा व्यवसायकरण गर्नु पर्नेमा जोड दिएका छन् । रुकुमका अधिकासँ गाविस जातीय विभेद तथा छुवाछूत न्यूनीकरण गर्ने अभियानमा लागको अवस्थामा अध्यक्ष नेपालीले गाविसका दलितहरुको वास्तविकता मुल्याङकन गरेर छूवाछुत घोषणा गर्नु पर्नेमा  जनाए । बैठकमा प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले जातीय छुवाछूत मुक्त जिल्ला  तथा गाविस घोषणा गर्न  सुचाङकृत गरेर घोषणा गर्नु पर्ने जनाएका छन् ।
यहि बैशाख भित्र मग्मा गाविसलाई जातीय छुवाछूत नमूना गाविस घोषणा गर्ने तयारी समेत भएको अवस्थामा जातीय छुवाछूत घोषणा गर्न सुचाङक गर्दा अन्य क्षेत्रमा समेत सहज हुने भएकाले यसको आवश्यकता रहेका जनाएका छन् ।  यसका साथै प्वाङ, खारालगायतका गाविसहरु जातीय छुवाछूत नमूना  गाविस घोषणा हुने तयारीमा  छन् । यस अघि नेपालकै पहिलो  जातीय छुवाछूत मुक्त नमूना गाविस चुनवाङ घोषणा गरिएको थियो ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालको अध्यक्षतामा र राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीको प्रमुख आतिथ्यतामा बैठक सञ्चालन गरिएको थियो । कार्यक्रमको विशेष अतिथि स्थानीय विकास अधिकारी भरतकुमार शमाको रहेका थियो । कार्यक्रममा प्रहरी प्रमुख गोविन्द थपलिया, जिल्ला दलित समन्वय समितिका उपाध्यक्ष टेकबहादुर नेपाली, नेपाली कांग्रेसका सह सचिव भिमबहादुर खड्का, सूचना अधिकृत चिन्तामणी दाहाल, दलित अधिकारकर्मी उपेन्द्रलाल कामी, यज्ञ परियार, पुर्णबहादुर केसरा, नरबहादुर नेपाली,  मनबहादुर बादी, नवराज परियार, गंगारम चनारा, यमकुमारी  परियार, गोपाल शर्मालगायतको उपस्थित रहेको थियो ।
 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply