प्रविर ददेल रुकुम । रुकुम चौरजहारीका बादी परिवार बास भएपनि गाँस नहँदा समस्यामा परेका छन् । पुर्खौ देखि खोलाको किनार तथा ओडारहरुमा सुकुम्बासी जीवन विताएका बादी परिवारले आर्थिक वर्ष २०७०÷७१ मा बस्नलाई घर निर्माण भएपनि खानलाई गाँस भने पाउन सकेका छैनन् । जनता आवास कार्यक्रम मार्फत विजयश्वरी गाविसका वडा नं ६ स्यालखोला र विजयश्वरी ३ लामीछानेगाउँमा २० घरपरिवारले बस्नलाई घर निर्माण भएपनि साझ विहानको छाक टार्न सीप नहुँदा समस्या रहेको विजश्वरी ३ का ४० वर्षिय लालबहादुर बादीले जानकारी दिए । उनले भने, अहिले बास त बन्यो । तर गासँको चिन्ताले सताएको छ । बादी समुदायको खोलमा माछा मार्ने, मादल बनाउने र सुल्पा बनाउने सीप प्रयोग विहीन बन्दै गएपछि उनीहरु समस्यामा परेको विजयश्वरी ३ कै चन्द्रकली बादीले बताईन । उनले भनिन, ‘ खेती गर्न जग्गा जमिन छैन्, परम्परागत सिप चल्दैन, नयाँ सीप आवश्यकता रहेको छ । उनका अनुसार – बादी समुदायका लागि सिलाईकटाई, हेयर कटिङ्ग, मोवाईल मर्मत, मोटरसाईकल मर्मत लगायतका सीप सिक्न र व्यवसायीक बन्न इच्छुक रहेको जानकारी दिइन । बादी परिवार सीप नहुँदा अहिले खोलामा मार्ने र साझ विहानको छाक टार्न वाध्य रहेका छन् । माछा मरेपछि चुलो बल्छ, नत्र भोक भोकै सुत्नु पर्दछ चन्द्रकलीले रुन्चे स्वरमा बताईन । जसका कारण बादी समुदायका बालवालिकाहरु शिक्षा आर्जनबाट समेत बञ्चित भएका छन् । जिल्लामा दलित तथा लक्षित बर्गहरु लागी काम गर्ने एक दर्जन भन्दा बढी संघ संस्था भएपनि बादी समुदायको लागी कसैले काम नगरेको विजयश्वरीका वादी परिवारले गुनासो गरेका छन् । हामीले धेरैलाई सीप तथा ब्यवसाय मागियौँ, तर कसैले हाम्रो समस्या बुझेन्न । जनता आबास कार्यक्रमले गत वर्ष घर निर्माण गरेपनि बादी घरपरिवारमा प्राय कुनै घरमा शौचालय छैन् । जिल्ला नै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेपनि उनीहरु भने खुल्ला ठाउँमा शौच गर्न बाध्य रहेका छन् । मंगलबार जिल्ला खाद्य अधिकार सञ्जाल रुकुमले बादी समुदायको खाद्य अवस्था वुझन् गरिएको कार्यक्रममा यस्तो दुखेसो गरेका थिए ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
Home
»
»Unlabelled
» ‘बास भयो, गाँस भएन’
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्ध...
-
उद्दारका लागि सरकारसँग माग भदौ १, रुकुम । बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबाङ ं४,रोल्पाका पन्चबहादुर रोकामगर जेल परेका छन । ...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
Add caption बैशाख १, रुकुम । (अस) जिलामा सबैभन्दा ठुलो पुरस्कार राशीको बुद्धीचाल(चेस) प्रतियोगीताको उद्द्याटन भएको छ । रुकुम सदरमुका...
-
प्रविर ददेल मंसिर ७ रुकुम । राष्ट्रिय गौरबको आयोजना १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजना नेपालकै लगानीमा निर्माण हुने ...
-
रुकुम जिल्ला मुसिकोट नगरपालिका १४ (साविवको छिवाङ–८) छिवाङखोला निवासी डिल्लीबहादुर ओलीको जेठो छोरा वर्ष १२ को गहुँगारो वर्णको कालो जिन्स पा...






No comments: