Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» »Unlabelled » लगानी बढाउन र ब्याजदर घटाउन माग

रेखदेख संवाददाता मुसिकोट । डिग्रे शाहीकुमारी वचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेका अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले ‘लगानी बढाउन र ब्याजदर घटाउन’ माग गरेका छन् । जिल्ला सदरमुकाम खंलगामा स्थित बाल मन्दिर हलमा आयोजित संस्थाका सञ्चालक समिति तथा उप समिति पदाधिकारी, कर्मचारी र लघुवित्त केन्द्रका प्रमुख तथा उपप्रमुख बीच एक दिने अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो धारणा राखेका हुन् । सहकारी संस्थाले भने जति ऋण लगानी नगरेको र व्याजदर महँगो भएको कारण समूहमा समस्या भएको गुनासो गरेका थिए । डिग्रे शाहीकुमारी वचत तथा ऋण सहकारी संस्थामा हाल १२ दशमलव ५ प्रतिसत व्याजदर रहेको जनाएको छ । यसका साथै सहकारी संस्थाले ऋण प्रवाह गरेर व्यवसायीक वनाए पनि क्षमता विकास गर्न कुनै कार्यक्रम नगरेको छिवाङ १ कि कृष्णा ओलीले जानकारी दिईन । उनले भनीन, ‘हाम्रो क्षमता तथा व्यवसायीक विकासको लागि तालिम, भ्रमणको आवश्यकता रहेको छ ।’ उनी जस्तै रुकुमकोट सेवा केन्द्रका ८ र मुसिकोट कार्यालय क्षेत्र भित्रका ५१ लघुवित्त समूहहरुका प्रमुख तथा उप प्रमुखहरुले संस्थाको दिगोपनको लागि कार्यक्रम सञ्चालन गर्नु पर्ने जनाएका थिए । उनीहरुका अनुसार व्यवसायको अनुगमन तथा मुल्याङकन गर्न समेत माग गरेका थिए । सहकारी संस्थालाई प्रभावकारी बनाउन लघुवित्त कार्यक्रम थप प्रभावकारी वनाउने लक्ष्य रहेको डिग्रे शाहीकुमारी बचत तथा ऋण सहकारी संस्थाका का.वा.अध्यक्ष वेदप्रसाद पोख्ररेलले जनाए । उनले भने, लघुवित्त कार्यक्रमलाई प्रभाबकारी बनाउन महिलासहकारी शिक्षा लागु गर्ने, अनुगमन तथा मुल्याङकनलाई तिव्रता बनाउने, उत्कृष्ट समुहलाई पुरस्कार, व्याजदर घटाउने र मागको आधारमा लगानी बढाउने छौँ । सहकारी संस्थाको नयाँ कार्यक्रम आगामी आर्थिक वर्ष २०७२÷७३ बाट कार्यन्वयन हने का.वा. अध्यक्ष पोख्ररेलले जनाए । सहकारी संस्थामा हाल ३ हजार ६ सय १३ शेयर सदस्य र शेयरपूँजी रु २ करोड ३० लाख ९४ हजार ४ सय रुपैँया रहेको जनाएको छ । अन्तरक्रिया कार्यक्रमको सहजीकरण का.वा . अध्यक्ष बेदप्रसाद पोख्ररेल, सचिव केदारसिंङ गौतम, लेखा संयोजक ज्ञानकुमार शर्मा, लघुवित्त प्रमुख नाराकुमार बुढाुमगरलगायतले सहजीकरण गरेका थिए । कार्यक्रममा सञ्चालक समिति उप समिति, कर्मचारी, लघुवित्त केन्द्रका प्रमुख तथा उपप्रमुखहरुको उपस्थित रहेका थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply