प्रशान्त बटाला आठविसडाडागाउँ गाउँलेको लगानीमा १२ किलोवाट क्षमताको विद्युत निर्माण भएको छ । आठविसडाडागाउँ १ का स्थानीयवासीले रु ३० लाख रुपैयाको लगानी र करिब ४ हजार दिन बरावरको जनश्रमदानबाट १२ किलोवाट क्षमताकोे भित्रीखोला लघुजल विद्युत आयोजना निर्माण गरेका हुन् । बत्ति निर्माण पछि आठविसडाडागाउँ १ का करिव ५ सय घरधुरीले अध्याँरोवाट मुक्ति पाउने भित्रिखोला लघुजलविद्युत आयोजनाका अध्यक्ष गोरखबहादुर शाहीले जनाए । उनले भने, ‘सरकारी मुख ताक्दा बषौँ अध्यारोमा बस्नु प¥यो आफनै लगानीबाट १२ किलोवाट क्षमताको विद्युत निर्माण गरेका हौँ ।’ आठविसडाडागाउँ प्रत्येक घरधुरीले रु ३ हजार रुपैया नगत र ५ देखि ८ दिन सम्मको जनश्रमदानबाट विद्युत निर्माण गरिएको जनाएको छ । जेठ दोस्रो सातादेखि निर्माण कार्य सुरु गरिएको विद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको विद्युत उपभोक्ता समितिले जनाएको छ । भने असार पहिलो साता बत्ति बल्ने उपभोक्ता समितिका सचिब अमितकुमार नेपालीले जनाए । रुकुममा धेरैजसो गाविसमा रुकुम उज्यालो कार्यक्रम मार्फत विद्युत निर्माण गरिएपनि सरकारी वेवास्ताका कारण आठविसडाडागाउँ गाविसमा विद्युत निर्माण हुन सकेको थिए ।’ तर स्थानीयले आफनै लगानीमा विद्युत निर्माण गरेर पहिलो पटक बत्ति बल्दा खुसि भएका छन् ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
३ असोज, काठमाडौं । पहिलो संविधानसभाले ४ वर्षमा संविधान दिन नसके पनि दोस्रो संविधानसभाले ६ सय ७ दिनमा संविधान दिएको छ । संविधानसभाका अध्यक्...
-
पूरक परीक्षा साउन २० गते हुने काठमाडौं । वि.सं. ०७१ सालको एसएलसी परीक्षाको नतिजा प्रकाशित भएको छ । यस वर्ष नियमिततर्फ ४७.४३ प्रतिशत विद्...
-
रेखदेख संवाददाता । साउन ५, रुकुम । रुकुम बाँफीकोट ८ का ३९ वर्षका कृष्णे कामी ७ वर्ष देखि मुटु रोगका कारण समस्या छन् । आर्थिक अभावका कारण...
-
प्रवीर ददेल असार १६, रुकुम । रुकुमका घर निर्माणमा कागर्ने (मिस्त्री) कालिगढहरुलाई भुकम्प निर्माण सम्वन्धी तालिम दिइएको छ । जिल्ला विकास...
-
बामपन्थीको खोल ओढेर दामपन्थी हुदै वदनामपन्थीमा परिणत हुनु भन्दा गैरवामपन्थी भएपनि आफूलाई साम्यवादी समाज निर्माणमा योगदान पु¥याउने चाहाने सम...
-
चैत १७, रुकुम । (रेस) रुकुमेली कलाकार तिलक परियारको नयाँ गित बजारमा आएको छ । मध्यपश्चिम विकास क्षेत्रमा चर्चित टप्पा भाकामा परियारले तोर...
No comments: