रेखदेख संवाददता
रुकुम । दलित विद्यार्थीहरुबाट विभिन्न बाहानाशुल्क अशुल गर्ने विद्यालयलाई कारवाही प्रमुख जिल्ला अधिकारी तथा जातीय विभेद तथा छुवाछूत तथा दलित अधिकार प्रर्वद्धन समिति रुकुमका अध्यक्ष अन्तरबहादुर सिलवालले बताएका छन् ।
नेपाल सरकारले दलित विद्यार्थीहरुलाई सामुदायीक विद्यालयमा माद्यामीक तहसम्म कुनै पनि शुल्क नलाग्ने घोषणा गरेपनि बिभिन्न बाहानामा शुल्क अशुल गरेको जनगुनासो बढेपछि सामुदायीक विद्यालयलाई छानविन गरि त्यस्तो पाईएमा कारवाही गर्ने जनाएको छ । मंगलबार जातीय विभेद तथा छुवाछूत तथा दलित अधिकार प्रर्वद्धन समिति रुकुमको बैठकमा यस्तो निर्णय गरिएको हो ।
यसका साथै रुकुममा हुने बालविवाह रोक्न पहल गर्ने समेत निर्णय गरिएको छ । रुकुममा जातीय विभेद सम्वन्धी अप्रिय घटना नघटेपनि सरकारले दिएका सेवा सुविधा भने कार्यान्वयन हुन सकेका छैनन् ।
यस विषयमा पटक पटक दलित अधिकारकर्मीहरु जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरेर सामुदायीक विद्यालयमा ज्ञापन पत्र वुझाएपनि सामुदायीक विद्यालयहरुले अटेर गरेको दलित अधिकारकर्मी उपेन्द्रलाल कामीले जानकारी दिएका छन् ।
उनले भने, दलित विद्यार्थीहरुले रुकुमका सामुदायीक माद्यामिक विद्यालयहरुमा चर्को शुल्क तिदैँ आएका छन् ।
बैठकमा स्थानीय विकास अधिकारी तथा जिल्ला दलित समन्वय समितिका अध्यक्ष भरतकुमार शर्मा,
टेकबहादुर नेपाली जिल्ला शिक्षा कार्यालय रुकुमका देवीलाल विष्ट,राष्ट्रिय दलित मुर्तिमोर्चाका केन्द्रिय सदस्य उपेन्द्रलाल कामी, रातो कामी, मनबहादुर वादी, नेपाल दलित संघका केन्द्रिय सदस्य यज्ञबहादुर परियार, नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश विक चिन्तनलगायत दलित अधिकारकर्मीहरुको उपस्थित रहेको थियो ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
Home
»
Local
»
विविध
»
स्थानीय
» रुकुममा दलित विद्यार्थीबाट शुल्क अशुल गर्ने विद्यालयलाई कारवाही गर्ने
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
जागीरका लागि अन्तरवार्ताका क्रममा अन्त्यतिर रोजगारदाताले ‘केही सोध्नु थियो कि ?’ भनेर तपाईंंलाई प्रश्न गर्न सक्छन् । त्यो तपाईंंलाई आफू त्यो...
-
गर्भमा रहेका शिशुलाई थप खतरा के तपाईंको बच्चाले आवश्यकताभन्दा बढी मात्रामा मोबाइल, ट्याब, ल्यापटपलगायत ग्याजेट्सको प्रयोग गर्छ ? यसो...
-
प्रवीर ददेल रुकुम । रुकुम उज्यालो कार्यक्रम अन्तरगत जिल्लाको खारा गाविसमा ५४ किलोवाट क्षमताको विद्युत उत्पादन भएको छ । खारा गाविसमा निर्...
-
रूकुमलाई केन्द्रबिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ। साँझ ६ बजेर ८ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। क...
-
प्रविर ददेल रेखदेख संवाददता - रुकुममा ट्रकले किचेर बालकको मृत्यु भएको छ । विहान आठ बजे जिल्ला सदरमुकाम खंलगा स्थित त्रिवेणी चोकमा होली खे...
-
प्रविर ददेल माघ १ रुकुम । नेपाली कांग्रेस रुकुमका नेता तथा पूर्व जिल्ला विकास समिति रुकुमका सभापति स्वर्गिय हरिभक्त ओलीको १९ औं स्मृति ...






No comments: