प्रविर ददेल
रुकुम । गत साउन २३ मध्यराति चार राजनीतिक दलका शीर्ष नेताहरुको विशेष समितिले संघीयताको सीमांकनमा ६ प्रदेशमा गरेको सहमतिमा रुकुम टुक्राएपछि रुकुमेली जनता आन्दोलनमा छन् । रुकुमकोपूर्वी भागलाई प्रदेश नं ५ मा र रुकुमको पश्चिम भागलाई प्रदेश नं ६ मा समावेश गरेको भन्दै रुकुमेलीहरु एकसाता देखि आन्दोलनमा छन् । आन्दोलन कर्ताहरुले दैनिक जसो आन्दोलनको स्वरुप परिवर्तन गरिरहेका छन् । जसमा सिटी जुलुस, मोटरसाईकल ¥याली, दिउसै मैनवत्ति वालेर विरोधलगायतका विरोधका कार्यक्रम गरिरहेका छन् ।
यसै अन्तरगत आन्दोलनमा उत्रिएका रुकुमेलीले आइतबार (साउन ३१) कुचो र थाली जुलुश प्रदर्शन गरेका छन् । लामो समयको रिुकुममा भएको विरोधको सुनाई नगरेका दल तथा सभासद्हरुको ध्यान आर्षषण गर्न थाली बजनाएको रुकुम एकता समाजका सचिव नवराज गिरीले जानकारी दिएका छन् । उनले भने, जव सम्म रुकुम लाई ५ नं प्रदेशमा समावेश गरिदैन तव सम्म विरोधको आन्दोलन गरि राख्ने जनाएका छन् । आन्दोलनमा गाउँ गाउँबाट रुकुमेली जनसमुदाय स्वतस्र्फत रुपमा जिल्ला सदरमुकाम खंलगामा जम्मा भएर रुकुमको पश्चिम भागलाई पनि प्रदेश नं ५ मा राख्न माग गरिरहेका छन् । एकसाता देखि गरिएको शान्तिपूर्ण आन्दोलनमा सिस्ने हिमाल , पुथा हिमाल, कमलताल, स्यार्पूताल, पश्चिम चौरजहारी हाम्रै हो । रुकुम जिल्लालाई प्रदेश नं ५ मा समावेश गर भन्ने नारा लगाउदै रुकुमेलीहरु दैनिक जसो विभिन्न पेशा व्यवसाय छोडेर आन्दोलनमा उत्रिएका छन् । रुकुमको अस्थित्व समाप्त हुने गरी गरिएको सिमांकनले रुकुमेलीलाई आक्रोशित बनेको आन्दोलन कारीहरुले जनाएका छन् । आइतबार गरिएको थाली तथा कुचो जुलुशमा गाँउ गाँउबाट स्थानीय महिलाहरुको उत्साहपुर्वक सहभागिता रहेको थियो । शीर्ष नेतालाई दवाव स्वरुप हरेक दिन फरक फरक ढंगले रुकुमेलीले जनप्रर्दशन गर्दै आएका छन् । रुकुम जिल्लालाई प्रदेश नं ५ मा राख्दा सबै हिसावले सहज हुने जनाएको छ ।जसको प्रदेशीक राजधानी दाङ बनाउन समेत माग गरिएको छ । यस विषयमा जिल्ला स्थित राजनैतिकदलहरुले प्रधानमन्त्री तथा राजनैतिक दलहरुका शीर्ष नेताहरुलाई समेत भेटद्याट गरिरहेका छन् । जसमा प्रधानमन्त्रीले रुकुम नटुक्राउने बाँचा समेत दिएको जनाएको छ ।
रुकुमलाई प्रदेश नं ५ मा समावेस गर्न माग, ९ दिन देखि आन्दोलन जारी

Tag: विविध
No comments: