प्रबिर ददेल
रेखदेख रुकुम ।
रुकुम टुक्रिएको बारेमा रुकुमका सभासद्हरु समेत अनविज्ञ रहेका छन् । भने रुकुमको हरेक समस्यामा सधै एक ठाउँमा रहेको उद्घोष गर्ने रुकुमका सभासद्हरु एकाएक बिभाजित बनेका छन् । राज्य पुर्नर संरचना सँगै रुकुमको पूर्वी भाग प्रदेश नं ५ र पश्चिम भाग प्रदेश नं ६मा विभाजन भए सँगै रुकुमका सभासद्हरु पनि दुई खेमामा देखिएका हुन् । रुकुम क्षेत्र नं १ का सभासद् गणेशमान पुन, समानुपातिक सभासद् द्धय मिठ्ठु मल्ल र दलजित सेर्पाली एक खेमामा छन् । भने निवार्चन क्षेत्र नं २ का सभासद् जर्नादन शर्मा एकलै छन् । रुकुम खण्डित सँगै रुकुमका सभासद्हरु पनि खण्डित बनेका छन् ।
सभासद् गणेमान पुन, मिठ्ठु मल्ल र दलजित सेर्पाली रुकुम नटुक्राउने र प्रदेश नं ५मा राख्नु पर्ने माग अगाडि सारेका छन् । भने सभासद् जर्नादन शर्मा रुकुमको पुर्वी भागलाई प्रदेश नं ५ र रुकुमको पश्चिम भागलाई प्रदेश नं ६ मा राख्नु पर्ने धारणा छ । अझ भन्दा एउटै पार्टी एमाओवादीबाट सभासद् बनेका ३ सभासद्हरु दुई खेमामा देखिदा कार्यकर्ताहरु समेत अन्यौमा परेका छन् । भने कतिले जुँगाको लडाई भएको तर्फ संकेत गरिरहेका छन् ।
यसै सन्र्धबमा रेखदेख साप्ताहिक पत्रिका मार्फत रुकुम विभाजनको सँगै सभासद्हरु दुई खेमामा बाँड्निुको कारण खोज्ने प्रयास गरिएको छ । के सभासद्हरु नै संघियताको बारेमा अनविज्ञ भएर दुई खेमामा देखिएका हुन् त ? रुकुमको आन्दोलनलाई संघियताको मर्म नबुझेकाहरुको आन्दोलन, संघियता विरोधीहरुको आन्दोलन भनेहरु पनि यसबाट चुपचाप हुने गर्दछन । रुकुम टुक्रिनुको कारण र सभासद्मा देखिएको असमझदारी के हो ? यस विषयमा रुकुमबाट संविधान सभामा सहभागि जर्नादन शर्मा, गणेशमान पुन, मिठ्ठु मल्ल र दलजित श्रीपाली सँग गरिएको सदस्यहरु बुझने कोशिस गरेका छौँ ।
पहिचानका आधारमा टुक्रिएको हो ः शर्मा
रुकुम क्षेत्र नं २ का सभासद् जनार्दन शर्मा – “पहिचानका आधारमा रुकुम टुक्रिएको जनाएका छन् । पहिचानको आधारमा मगर खाम भाषी र खस आर्य भाषा मिल्नेहरुको छुट्टा छुट्टै प्रदेश बनाएको हो । १० वर्षे जनयुद्धको बेला दलित, जनजाती, उत्पीडित क्षेत्र समुदायको बारेमा हक हित र अधिकारको बारेमा बोल्ने मान्छे अहिले उनीहरुलाई अधिकार दिने क्रममा विरोधमा उत्रीन सक्दैन् । ” यसका साथै रुकुमको पूर्वी भागलाई बाग्लुङ्को केही भागलाई मिलाएर बुर्तिबाङमा सेवा क्षेत्र निर्माण गर्ने सोचमा रहेका छौँ । अखण्ड रुकुमको नारा संघियता विरोधी नारा हुन् । रुकुमको भाषिकका आधारमा दुई प्रदेशमा राख्दा रुकुमको पहिचान नगुम्ने तर्क गरे । गाउँ, प्रदेश र संघिय सरकार हने भएको कारण जिल्ला अर्थ हुँदैन र जिल्ला उठेर पनि अन्त कतै जानु होईन । जनार्दनको राजनैतिक स्वार्थका कारण रुकुम टुक्रिएको भन्नहरुलाई तपाईको जवाफ के छ ? भन्ने रेखदेखको प्रश्नमा –संघियता नै राजनैतिक स्वार्थ हो, यो मेरो व्यक्तिगत भने होईन् यसमा दलित जनजाती, महिलालगायतका उत्पीडित तथा उपेक्षित क्षेत्र तथा वर्गलाई राजनैतिक तथा राज्यको हरेक तहमा समावेश गर्दछ । रुकुम सिङ्गो रहदा मलाई फाईदा हुन्छ । किनभने पूर्वी रुकुमका भोटहरु काटिन्छ । रुकुमलाई प्रदेश नं ५ मा राखेर त्यसको राजधानि त्यसको राजधानि दाङ बनाउदा राम्रो हुन्थीयो । त्यस्तो नहुने भएपछि त्यस पक्षमा म छैन् । रुकुममा चलेका आन्दोलको बारेमा के भन्नु हुन्छ ? भन्ने प्रश्नमा रुकुममा के आन्दोलन छ र ? मलाई कुनै थाहा छैन् । मेरो घरमा ढुंगामुडा गरेको भन्ने खवर त आएको थियो मलाई फोनमा माफि माग्दै थिए । मैले उतै माग्नु भने । रुकुमको आन्दोलन पहिचान विरोधी हो । अर्को रुकुम सदरमुकाम खंलगा हराउछ भन्ने भ्रम फिजाएर व्यापारीहरु आन्दोलनमा उत्रिएको कुरा सुन्नमा आयो ढुक्क हुनुहोस् । सदरमुकामको पहिचान हराउदैन् अझ विकशित हुन्छ ।
रुकुम टुक्रिनुको कारण छैन ः पुन
एकीकृत नेकपा माओवादीका युवा नेता तथा रुकुम क्षेत्र नं १ का सभासद् गणेशमान पुनले रुकुम जिल्ला टुक्रिनु कुनै कारण नभएको जनाएका छन् । विशेषगरी संघिय प्रदेशहरु सामार्थ र पहिचानका आधारमा निर्माण गर्न राजनैतिक सहमती र जनता जनभावना भएको हुँदा हुदै संघिय संरचना विपरित रुकुम टुक्रिएको जानकारी दिएका छन् । सिङ्गो रुकुम प्रदेश नं ५ मा राख्दा सुगुमता र सहजताको आधारमा रुकुमेली जनताको भावना अनुसार हनु पर्दछ भन्ने कुरामा हामी ३ जना सभासद् एक छौ । यस विषयमा सभासद् जर्नादन शर्मा एक्लै हुनुहन्छ । उहाँ धारणा स्पष्ट आएको छैन् । हामीले उहाँसँग छलफल गरिरहेका छौँ । यस विषयमा हामीले रुकुमका सभासद् पटक पटक संदनमा बोलिरहेका छौँ । भने रुकुमेली जनातहरु स्वतस्र्फत तरिकाले आन्दोलनमा उत्रिएका छन् । विशेषगरी प्रदेश नं ५ मा जाँदा आर्थिक , सामाजिक, सुगमता, सहजता, सिङ्गो रुकुमको विकास तथा व्यापारी क्षेत्रको लागि फाईदा छ । प्रदेश नं ६ मा प्राकृतिक स्रोत साधनमा पहुँछ हुन्छ, भन्ने छ । तर स्थानीय स्रोत साधनको पहँच र प्रभाबका हिसावले प्रदेश नं ५ पनि कमजोर छैन् । रुकुम नटुक्राएर पनि जिल्ला पूर्वी भागलाई केन्द्रविन्दु बनाएर सेवा सुविधा र सेवा सुविधा र केही गाविसलाई मगरात स्वायत क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । रुकुमेली जनातहरु आन्दोलनको लागि सडकमा छन् । हामी सद्नमा छौँ, यसको विरोध चौतर्पिmक भएको छ । रुकुमका आन्दोलनकारीहरुलाई शान्तिपूर्ण आन्दोलन तथा विरोध गर्न सुझाव दिन चाहान्छु । संविधान निर्माण प्रक्रिया सम्म यसको टुंगो लाग्छ ढुक्क हुनुहोस । सिङ्गो रुकुम प्रदेश ५ मा जान्छ ।
रुकुमसँगै राप्ती एक हुनुपर्दछ ः मल्ल
नेपाली कांग्रेसकी नेत्री तथा समानुपातिक सभासद् मिठ्ठु मल्लले सिङ्गो रुकुमसँगै राप्ती अञ्चल एक हुनुपर्ने धारणा राखेकी छिन् । उनका अनुसार सम्पूर्ण आधारले रुकुम प्रदेश नं ५ मा समावेश हुँदा फाईदा हुने भनाई उनको छ । प्राकृतिक सुन्दरताले भरिएको जिल्ला रुकुमको पूर्वी भागलाई प्रदेश नं ५ र पश्चिम भागलाई प्रदेश नं ६ मा राख्नुको कुनै कारण छैन् । केही नेताको स्वार्थका कारण रुकुम टुक्रिएको हो । हामी ३ जना सभासद् गणेमान पुन, दलजित श्रीपाली र म एकै ठाउँमा भएर यसको बारेमा बोलिरहेका छौँ । यदि शिर्ष नेताहरुले यो निर्णयलाई नसच्याए संविधान सभामा फरक मत दर्ता गर्न बाध्य हुने छौँ ।
जनभावना विपरित टुक्रिएको छ ः श्रीपाली
यसै सन्र्दभमा एमाओवादी युवा नेता तथा समानुपातिक सभासद् दलजित श्रीपालीले रुकुम टुुक्रिनुको कुनै कारण नभएको र जनभावना विपरित टुक्रिएको जनाएका छन् । संघियतामा दलित , जनजाती, उत्पीडित, उपेक्षित बर्ग समुदायको पक्षमा सिमाङ्कन नभएको जानकारी दिएका छन् ।
विषशेषगरी पहिचान र सामार्थको आधारमा संघिय प्रदेश निर्माण गर्नु पर्ने ४ दलको १६ बुँदे सहमतीमा सामार्थका ४ र पहिचानका ४ आधारमा संघियत प्रदेशको निर्माण गर्ने उल्लेख गरेको भएपनि रुकुम टुक्रिनुको कुनै आधार नभएको जनाएका छन् । यसले रुकुमको पहिचान र इतिहास मेटाउने प्रति लक्षित गरे । १२ वर्षे जनयुद्ध, १९ दिन जनआन्दोलन साथै मधेश आन्दोलन र दलित बर्गहरुले गरेको आन्दोलनलाई वेवास्ता गरि संघियताको सीमाङ्कन भएको छ सभासद् श्रीपालीले रेखदेखलाई भने ।
हामी रुकुमका ३ सभासद्हरु रुकुमको पहिचानलाई यथावत राखि प्रदेश नं ५ मा समावेश गर्नु पर्ने मागमा संसदमा कुरा उठाईरहेका छौँ । तराईका विभिन्न जिल्लामा सीमाङ्कनको विषयलाई लिएर आन्दोलन भएको कारण शिर्ष नेताहरुले यस विषयम सोच्नु पर्ने जनाएका छन् । रुकुम टुक्रिएको विषयमा रुकुमकै सभासद् एक नहुनुको कारण बारे केही अन्तर संर्घष रहेको स्पष्ट पारे । यो कसको स्वार्थले रुकुम टुक्रियो केही समयपछि रुकुमेली जनाताहरु घाम जस्तै छर्लङ हुने छन् । हामी ३ जना सभासद् एकै ठाउँमा छौ, रुकुमको नेतृत्व सभासद् जनार्दन शर्मा हाम्रो अभिभावक हो उहाँले अभिभावकत्व गर्नुपर्दछ सिङ्गो रुकुम प्रदेश नं ५ मा राख्न ।
संघियताको बारेमा हामीलाई राम्रोसँग थाहा छ, रुकुम, बाग्लुङ, र नवलपरासी र पर्साको एक गाविस टुक्राएर मात्र संघिय स्वरुप हुन सक्दैन । खैत सुदुरपश्चिम टुक्रिएन ? चितवन टुक्रिएन ? अन्य धेरै जिल्ला त्यस्तै छन् । रुकुम जिल्ला टुक्रा पार्नु कुनै अर्थ र स्पष्ट कारण छैन् । यदी दलित जनजाति, महिला र सिमान्तकृत समुदायको पक्षमा उनीहरुको अधिकारको लागि टुक्रिएको भएत हामी सबै रुकुमका सभासद् एक छौ । त्यसो नहुँदा हामी विरोध गर्न बाध्य रहेका छौँ ।
रुकुम टुक्रिएको कारणबारे सभासद् नै अनविज्ञ

No comments: