भदौ २१, रुकुम । रूकुमलाई टुक्राएको विरोधमा नेपाली कांग्रेस रूकुमका सभापति मानबहादुर नेपाली सहित १५ जनाले राजिनामा दिएका छन् ।
राजीनामा दिनेमा नेपाली कांग्रेस रुकमका नेता तथा पुर्व राज्यमन्त्री गोपालजीजंग शाह, महासमिती सदस्य एवं सभाषद मिठ्ठु मल्ल, पुर्व सहायक मन्त्री केशरमान रोका, महासमिती सदस्य प्रेमप्रकाश ओली लगाएत नेता कार्यकर्ताले पार्टी सभापति एवं प्रधानमन्त्री शुसिल कोइराला समक्ष राजीनामा दिएका हुन् । त्यस्तै महासमिती सदस्य डक्टर नवराज गौतम, तिलक भण्डारी, सहसचिव भिमबहादुर खड्का, सदस्यहरू टेकबहादुर पुन, हरिसंकर घर्ती, हरिचन्द खनाल, भद्रबहादुर बिष्ट, मुकुन्द खड्का, खड्क ओली लगायत रहेका छन् ।
बाग्लुंग अखण्ड राख्न हुने तर रूकुमको मागलाई सम्बोधन नगरिएको भन्दै आफुहरूको केही सुनुवाई नहुने भए पार्टीमा काम गर्न नसक्ने उनीहरूको भनाई छ । राजीनामा दिएर जिल्लामा जनताको बिचमा गएर सिंगो रूकुमका पक्षमा आन्दोलन गर्ने बताएका छन् । १७ दिन सम्म रूकुमेली जनताले सिंगो रूकुमलाई प्रदेश नं ५ मा कायम गर्न माग गरेर आन्दोलन गरेको, हस्ताक्षर संकलन गरेको, शिर्ष नेतृत्वलाई ज्ञापन पत्र बुझाएको भन्दै कांग्रेस रूकुमले रूकुमेली जनताको भावना बिपरित कुनै एक जना पार्टीका एक जना नेताको मात्र कुरा सुनेर रूकुमलाई टुक्राएको भन्दै आफुहरूलाई त्यो मान्ने नहुने बताएको छ ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
जागीरका लागि अन्तरवार्ताका क्रममा अन्त्यतिर रोजगारदाताले ‘केही सोध्नु थियो कि ?’ भनेर तपाईंंलाई प्रश्न गर्न सक्छन् । त्यो तपाईंंलाई आफू त्यो...
-
गर्भमा रहेका शिशुलाई थप खतरा के तपाईंको बच्चाले आवश्यकताभन्दा बढी मात्रामा मोबाइल, ट्याब, ल्यापटपलगायत ग्याजेट्सको प्रयोग गर्छ ? यसो...
-
प्रवीर ददेल रुकुम । रुकुम उज्यालो कार्यक्रम अन्तरगत जिल्लाको खारा गाविसमा ५४ किलोवाट क्षमताको विद्युत उत्पादन भएको छ । खारा गाविसमा निर्...
-
रूकुमलाई केन्द्रबिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ। साँझ ६ बजेर ८ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। क...
-
प्रविर ददेल रेखदेख संवाददता - रुकुममा ट्रकले किचेर बालकको मृत्यु भएको छ । विहान आठ बजे जिल्ला सदरमुकाम खंलगा स्थित त्रिवेणी चोकमा होली खे...
-
प्रविर ददेल माघ १ रुकुम । नेपाली कांग्रेस रुकुमका नेता तथा पूर्व जिल्ला विकास समिति रुकुमका सभापति स्वर्गिय हरिभक्त ओलीको १९ औं स्मृति ...






No comments: