Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » म भन्दा पुरानो संस्थापक पक्षमा को छ र ?

तिलक भण्डारी नेपाली कांग्रेस महासमिति सदस्य तथा पूर्व पार्टी सचिव हुन् । २०३६ साल देखि विद्यार्थी जीवनबाटै  राजनिति सुरु गरेका उनले आगामी माघ २५ गते हुने जिल्ला अधिवेशनको लागि सभापति पदको लागि औपचारिक रुपमा उम्मेद्धारी घोषणा गरेका छन् । यसै सन्र्दभमा नेपाली कांग्रेसको जिल्ला अधिवेशनको पेरिफेरिमा रहेर  पार्टी सभापति बन्ने आधार, पार्टीलाई अगाडि वढाउने  योजनाको बारेमा रेखदेख साप्ताहिको लागि सम्पादक प्रविर ददेलले गरेको विशेष अन्तरवार्ताको सार संक्षेप यहाँ प्रस्तुत गरिएको छ । 
 नेपाली कांग्रेसको अधिवेशन आउन थाल्यो तयारी कस्तो छ  ?
अधिवेशन आउन भन्दा अगाडि नै रामचन्द्र पौडेल रुकुम आएको वेला सभापतिको उम्मेरद्धारी दिएको छु । आफनो टीमको तयारी गरीरहेको छु । यसै शिलसिलामा विभिन्न गाउँ जागरण अभियान लिएर गाउँ गाउँमा समेत पुगिरहेको छु ।
 तपाई किन सभापतिमा उम्मेद्धारी दिनु भयो ?
गाउँ, क्षेत्र र जिल्लामा सवैभन्दा अनुभवी  म नै हो । अनुभवकै आधारमा अब जिल्लाम नेतृत्व गर्न सक्छु भन्ने ठानेर  मैले पार्टी सभापतिका लागि उम्मेद्धारी दिएको हँु । सबै सभापतिका  क्याडेटहरु  भन्दा म योग्य छु । कति पय मानिसहरुको राजनैतिक गरेर पैसा कमाउनु पर्दछ भन्ने सोचाई छ ।   तर मेरो आफनो व्यापार छोडेर राजनैतिमा लागेको हो । जनता सेवा गरे बापत  आफुलाई सम्मान भएको महशुस गर्दछु । 
 ४÷५ जना सभापतिका आकांक्षहरु देखिनु भएको छ । को बन्छ नेपाली कांग्रेस रुकुम सभापति ?
 ४÷५  जना को हुन मलाई थाहा छैन । रुकुम सभापतिको लागि पहिलो उम्मेद्धारी घोषणा गरेको छु कार्यकर्ताहरुले जसलाई सहमती वा निर्वाचन प्रक्रियाबार्ट  छनौट गर्दछन् उसै रुकुम सभापति हुन्छ  ।
 तपाई नै सभापति बन्ने आधार के छ ?
मैले अगाडि नै भनी सके मैले गाउँ देखि राजनीति गरेको   मान्छे हुँ ।  मैले राजनैतिक रुपमा सबै कार्यकर्ताहरुलाई सम्मान रुपमा हेर्ने भएकाले र सहज रुपले काम गर्ने भएको कारण मेरो मुख्य आधार नै यही हो । मैले पार्टीलाई संस्थागत रुपमा सञ्चालन गर्ने पर्दछ । गाउँ कार्यसमितिको सिफारिसमा जिल्ला कार्यसमितिको निर्णय अनुसार माग वमोजिमका कामहरु गर्नु पर्ने प्रर्थाको विकास गर्ने छु । व्यक्तिगत रुपबाट लिएका निर्णय र गरिएका कामहरुलाई हतोसाहित गर्ने काम गर्ने छु । भ्रष्टाचार र ठेकादार मुक्त पार्टी बनाउने पहिलो चाहाना छ ।
 कहिलै गाउँ नजाने नेता  गाउँ जानु  भयो  के भन्छन कार्यकर्ता ? गाउँमा कार्यकर्ताहरु निरास छन् ।  किनभने कांग्रेसका नेताहरु कहिले गाउँ आउँलान र हाम्रो समस्या सामधान गर्लान भन्नेर पर्खिरहेका छन् ।  मेरो विचार हिजो पनि जनजागरण अभियान सुरु गदै गर्दा मैले एउटा कामको थालनी गरेको थिए ।  नेपाली कांग्रेसको जनगणना को सुरुवात गरी प्रत्येक वडामा रहेका विद्यालय खानेपानी सिचाई वन उपभोक्ता समितिहरुमा कांग्रेसका नेता तथा  कार्यकताहरुको कति संलग्नता छ  र शुभचिन्तक शिक्षक कर्मचारी कति छन् ।  भन्ने कुराको अभिलेख समेत मैले तयार पारि पार्टीमा वुझाउन खोज्दा सो कुराको सुनाई जिल्ला कार्य समितिले गरेन । त्यस कारण गाउँका जनता निरास छन् । उर्जाशिल र विचारशिल मान्छेको खोजीमा छन् ।
 कांग्रेसमा खास गरी दुई प्यानल छ । तर तपाईको कुनै प्यानल छैन कसरी जित्नु हुन्छ सभापतिमा ? प्यानल भनेर हुँदैन । चुनावको लागि मात्र प्यानल हो । हामी सवै कांग्रेस हौँ । र कांग्रेसमा रहेका साथीहरुको विचार र कार्यशैली धेरै हुन सक्छ । म पार्टी सचिव हँदा खेरी नै पार्टी फुटेको हो । फुटेका साथीहरुसँग हाम्रा केही कार्यकर्ता र नेताहरुले वोली समेत बार्नु भयो । त्यसो गर्नु हूदैन भनेर मैले धेरै साथीहरुलाई मेलमिलाप गराए र उठवस गर्ने बातावरण समेत तयार पारेको थिए । त्यसैले दुई प्यानल दुई धार भनेर कांग्रेसलाई अन्य पार्टीहरु सँग प्रतिस्प्रर्धा कुरामा कमजोर बनाउ छ  पार्टीको चुनावको दिन सम्म दुई तिन प्यानल होला । तर नतिजा आईसकेपछि जित्नेले हार्नेको सम्मान गर्नु पर्दछ । हार्नैलले जित्नेको सम्मान गर्नु पर्दछ । मैले मेरो आफनो प्यानलको तयारी गरिरहेको छु ।
 तपाई प्यानलमा को को छन त ? मेरो प्यानलमा विशेषगरी खड्क डाँगी, जनक चन्द, शिव आर्चाय , मनमोहन शाह, कृपलाल खत्री, शुरेन्द्र विक्रम शाह, शिवबहादुर ओली, गोपालप्रसाद शर्मा, गोरख चन्द, शम्भु शर्मा, हिरावहादुर खत्री, राज वुढा, टोपबहादुर सुनार, थलबहादुर खड्का, निर्मला गीरी, लोकेन्द्र केसी, कमल शाह, नौलु मल्ल, मोतिराम वुढा, कासिराम खड्का, टेकबहादुर नेपाली र धनबहादुर वुढा मेरो प्यानलमा छन् । 
 तपाईले धेरैको नाम त भन्नु भयो  को कुन पदको लागि हो । सार्वजनिक गर्न मिल्दैन ? हैन सार्वजनिक गर्न मिल्छ । सवै साथिहरुको सल्लाह अनुसार पद वाड्फाट हुन्छ । किनभने सबै साथीहरुले सवै पदको लागि योग्य हुन्छ । मैले सार्वजनिक गर्दा साथीहरुको पछि सो पद नहँुने  भएपछि राम्रो नहुने भएका कारण मैले घोषणा अहिले गदैन  ।
 अधिवेशन आउन करिव एक महिना छ । तर तपाईको प्यानल नै तयार भईसकेको छैन । कहिले प्यानल तयारी हुन्छ र  घोषणा हुन्छ ? मेरो प्यानलको साथीहरु माथि नै उच्चाण गरि सकेको छु । माघ १५ गाउँ र २२ क्षेत्रीय र २५ गते जिल्ला अधिवेशसन गाउँ नगरको अधिवेशन पछि क्षेत्रीय समितिको लागि साथीहरुको नाम घोषणा हुने छ । र क्षेत्रीय अधिवेशसन भए लगतै सबै कार्य समितिको नामवली सार्वजनिक गर्ने छु ।
माथि उच्चारण गरेका नाम केही अघि अर्को प्यानलमा पनि देखिएका थिए । तपाईकै प्यानलमा आउने सम्भावना के छ ? उहाँसँग मेरो कुरा भएको  छ र विश्वास पनि छ ।
 तपाईले उम्मेद्धारी दिएर रुकुमको संस्थापन पक्षलाई कमजोर वनाउदै हुनुहुन्छ । भन्ने आरोप छ नी ? म नै संस्थापक पक्षमा काम गरेका मान्छे हो । म भन्दा पुरानो संस्थापक पक्षमा को छ र ?
 तपाईसँग कांग्रेस रुकुमलाई अगाडि वढाउने  योजना के छ ? मैले अगाडि नी भनेको छु । रुकुमको कार्यकर्ताहरुको मनोवल निकै गिरेको छ । त्यसलाई उठाउने मेरो पहिलो कदम हुने छ । पार्टी अगाडि बढाउन  प्रशिक्षणहरु गाउँ क्षेत्र, र जिल्ला स्तरमा दु्रुत रुपमा अगाडि वढाउने छु ।  माओवादी कथित जनयुद्धको त्रास परेका साथीहरुलाई मनोक्रान्ती मार्फत भय मुक्त वनाउने र पार्टीलाई सिष्टमेटीक तरिकाबाट पार्दशिता, विभिन्न भातृ संगठनहरु निष्कृय भएका छन् । तिनीहरुलाई सक्रिय बनाउने । गाउँ तथा क्षेत्रीय कार्य समितिहरुलाई क्रियाशिल वनाउने योजना मेरो छ । अहिले २१ औँ शताव्दीको इलेक्ट्रोनिक मिडिया मार्फत सूचना आदान प्रदान गर्ने कुरा को व्यवस्थापन गर्ने छु । हस्तलिखित  पत्रचारको अन्त्य गर्नेछु ।  र पार्टीको पुरानो घरलाई विस्थापित गरी नयाँ भवन वनाउने  मेरो मुख्य योजना रहेको छ ।     नेपाली कांग्रेस रुकुममा एकले अर्कालाई स्वीकार गर्ने प्रवृति छैन । तपाई सभापति भएपछि अरुले स्वीकार गर्छन भन्ने के ग्यारेन्टी छ  ? मैले अघि भनिसके पार्टी फुट्दा खेरी वोल चाल बन्द भएका नेता कार्यकर्ताहरुलाई वोल्ने एकै ठाउँमा वस्ने वातावरण तयार गरे त्यसैले मेरो नेतृत्वलाई सवैसाथीहरुले सहज रुपमा स्वीकार गर्नु हुने छ ।
 कांग्रेस लोकतान्त्रिक पार्टी भनेपनि कोठामा बसेर लिष्ट टास्ने प्रवृत्ति छ । यसपालि के हुन्छ ? यसपाली लिष्ट टाँसिदैंन । लिष्ट टाँस्नै परेमा पनि क्षेत्र र जिल्ला का सबै प्रतिनिधीको  सहमतीमा मात्रै लिष्ट टाँस्ने सकिन्छ । अन्यथा निर्वाचन प्रक्रियावाट नै क्षेत्र , जिल्लाको नेतृत्व चयन हुने छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply