रेखदेख संवाददाता । हप्ता दिन भित्र इन्धन आपुर्ति सहज हुने आपुर्ति मन्त्री गणेशमान पुनले जानकारी दिएका छन् । रुकुम सदरमुकाम खंलगामा आयोजित पत्रकार भेटद्याट कार्यक्रममा यस्तो धारणा राखेका हुन ।
भारतीय नाका र चीनको नाकाबाट इन्धन आपुर्ति सहज भईरहेका भन्दै हप्ता दिन भित्रमै वितरण प्रणालीलाई समेत सहज गराउने जानकारी दिएका छन् । विशेषगरी हाल स्वास्थ्य, शिक्षा, सञ्चार पर्यटन र राष्ट्रिय गौरबका योजनाहरुमा वितरण प्रणालीमा प्राथमिकता दिएको भएपनि नीजि सवारी साधनहरुलाई समेत वितरण गर्ने तयारी भईरहेको मन्त्री पुनले बताए ।
इन्धन अभाव भएको कारण वजारमा कालोबजारी मौलाएको छ नी भन्ने प्रश्नमा उनले यसको अनुगमण गरेर रोकथामको प्रयास भईरहेका जनाए । हामीले अनुगमणलाई समेत प्राथमिकता दिएका छौ । उनले भने, बजारमा खाद्यान्न कुनै समस्या नरहेको पनि समेत जानकारी दिएका छन् ।
उनका अनुसार– यस्तै अवस्था रहेपनि नुन ७ महिना सम्म पुग्दछ । ग्यास अभाव कायम रहेपनि अन्य सामाग्रीमा खासै समस्या नरहेको जनाए । नेपालको असहज अवस्था छिट्टै सामाधान हुने जीवशैलीमा समेत सहजता कायम हुने मन्त्री पुनले बताए । यस अघि भारतबाट मात्र आयात हुँदै आएकोमा चीनसँग समेत व्यापारी सम्झौताको लागि पहल भईरहेको छ । यसलाई हामी छिट्टै कार्यान्वयनमा ल्याउछौ ।
हप्ता दिन भित्र इन्धन आपुर्ति सहज हुन्छ ः पुन

Tag: विविध
No comments: