रुकुम । जिल्लामै पहिलो पटक क्रिकेट प्रतियोगिता हुने भएको छ । पछिल्लो समय क्रिकेटप्रति युवा पिढिको आकर्षण बढेको र जिल्लामा क्रिकेट खेलको विकास लागि क्रिकेट प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था समृद्ध समाज नेपाल रुकुमले बताएको छ ।
यही पुस २५ देखि २७ गते सम्म जिल्लाको पश्चिमी क्षेत्र चौरजहारीमा टी–ट्वाइन्टी समृद्ध क्रिकेट कप आयोजना हुनेछ । प्रतियोगितामा विजयी हुने समुहले नगद ३० हजारको साथमा ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गर्ने छ भने उप विजेता हुने समुहलाई ट्रफी, मेडल, प्रमाण पत्रको साथमा नगद १५ हजार प्रदान गरीने आयोजक संस्थाका अध्यक्ष सुवोधराज सिर्पालीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सेमी फाइनलसम्म पुग्ने २ समुहलाई प्रमाण पत्रको साथमा सात÷सात हजार नगद रुपैयाँ प्रदान गरीनेछ । प्रतियोगितामा रुकुम सहित छिमेकी जिल्लाका क्लवहरुले सहभागिता जनाउनेछन् ।
प्रतियोगिताका प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद पाँच सयको साथमा प्रमाण पत्र, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्स म्यान, उत्कृष्ट मीड फिल्डरलाई दुई÷दुई हजार नगद र म्यान अफ दी सिरिजलाई तीन हजार नगदको साथमा प्रमाण पत्रको व्यवस्था गरिएको छ । प्रतियोगिताले जिल्लामा क्रिकेट विकासको माहोल निर्माण गर्ने विश्वास लिइएको अध्यक्ष सिर्पालीले बताए । ‘पछिल्लो समय सर्वाधिक चासोको खेल क्रिकेट हो अध्यक्ष सिर्पालीले भने यसलाई हाम्रो जिल्लामा पनि अलि व्यापक बनाऔं भन्ने उद्देश्यले नै यो खेल आयोजना गरिएको हो ।’
आयोजक संस्थाका अनुसार समृद्ध टी–ट्वान्टी क्रिकेट कपलाई अव हरेक वर्ष खेलाइनेछ । जिल्ला खेलकुद विकास समिति र क्षेत्रिय खेलकुद विकास समितिसँगको सहकार्यमा यो कपलाई क्यालेन्डरमै समावेश गरी हरेक वर्ष खेलाइने समृद्ध समाज नेपाल रुकुमका उपाध्यक्ष तथा क्रिकेट कप प्रतियोगिताका संयोजक राजु लामिछानेले जानकारी दिए ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
रुकुम जिल्ला मुसिकोट नगरपालिका १४ (साविवको छिवाङ–८) छिवाङखोला निवासी डिल्लीबहादुर ओलीको जेठो छोरा वर्ष १२ को गहुँगारो वर्णको कालो जिन्स पा...
-
प्रविर ददेल माघ १ रुकुम । नेपाली कांग्रेस रुकुमका नेता तथा पूर्व जिल्ला विकास समिति रुकुमका सभापति स्वर्गिय हरिभक्त ओलीको १९ औं स्मृति ...
-
पूरक परीक्षा साउन २० गते हुने काठमाडौं । वि.सं. ०७१ सालको एसएलसी परीक्षाको नतिजा प्रकाशित भएको छ । यस वर्ष नियमिततर्फ ४७.४३ प्रतिशत विद्...
-
प्रविर ददेल मङ्सिर १७, रुकुम । रुकुममा एकीकृत परियोजना प्रभावकारी रहेको छन् । पश्चिम रुकुमको खोलागाउँ, नुवाकोट, सिम्ली र गरायलामा सञ्चालन...
-
रेखदेख संवाददाता साउन ३१ रुकुम । रेखदेख साप्ताहिक रुकुमका प्रकाशक÷सम्पादक प्रविर ददेल पुरस्कृत भएका छन् । नेपाल सरकार शिक्षा विभाग र पत्र...
No comments: