Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » ६ महिनाको घटना सार्वजनिक



मनिष खड्का ÷रेखदेख संवाददाता
असार १२,रुकुम ।
इन्सेक रुकुमले ६ महिनाको अवधीमा जिल्लामा घटेका घटना सार्वजनिक गरेको छ । रुकुममा  पछिल्लो ६ महिनामा आमा, छोरा सहित २ जनाको हत्या भएको छ भने २ जनाको हत्या प्रयास भएको छ ।
इन्सेकका अनुसार रुकुम खारा ८ की ३० वर्षिया गीता ओली र उनका  १ वर्षिय छोरा अमर ओलीको गत बैशाख ३१ गते हत्या भएको छ । हत्या आरोपमा पक्राउ परेका २ जना मध्ये खारा ८ का ४८ वर्षिय नन्दराम ओलीलाई पुर्पक्षका लागी कारागार चलान गरिएको छ भने ५० वर्षिय खम्वसिंह ओलीलाई १० हजार धरौटीमा तारिखमा रिहा गरिएको छ ।
यस्तै आफ्नै श्रीमतीको हत्या प्रयास गर्ने मुसिकोट नगरपालिका १ का ३३ वर्षिय दलजीत रावल धरौटीमा रिहा भएको बताईएको छ । रावलले धारिलो हरियार प्रयोग गरी श्रीमती कल्पना रावलको हत्या प्रयास गरेको मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको र रावल १० हजार धरौटीमा रिहा भएको इन्सेकले सार्वजनिक गरेको अर्धवार्षिक प्रतिवेदनमा उल्लेख छ ।
श्रीमतीको नै हत्या प्रयास गरेको भन्दै प्रहरीमा मुद्दा परेका मुसिकोट नगरपालिका ६ का ४५ वर्षिय वीर वहादुर खड्का पनि १० हजार धरौटीमै रिहा हुनुभएको छ । श्रीमती ४५ वर्षिय टिका खड्कालाई खुकुरी प्रहार गरी हत्या प्रयास गरेको भन्दै वीरवहादुर विरुद्ध गत चैत्र २१ गते प्रहरीमा उजुरी परेको थियो ।
त्यस्तै ६ महिनाको अवधीमा जिल्लाबाट बलात्कारको प्रयास र बोक्सी ओरापका १÷१ ओटा र बुहविवाहका ३ ओटा घटना प्रहरीमा दर्ता भएका छन् । स्यालापाखा ४ की ५० वर्षिय एक बृद्ध महिला माथी बलात्कारको प्रयास गर्ने ५० वर्षिय शसिराम रोका अहिले सम्म फरार रहेको प्रहरीलाई उद्धृत गर्दै इन्सेकले जनाएको छ ।
खोलागाउँ ७ की पार्वती अधिकारीलाई सार्वजनिक स्थानमा जथाभावी गाली गरी बोक्सीको आरोप लगाउँने खोलागाउँ ७ का आईतु जैसी, लक्ष्मीराम जैसी र हस्ती जैसीलाई भने पक्राउ गरी २०÷२० हजार धरौटी सहित रिहा गरिएको इन्सेक प्रतिनिधि आदर्श केसीले जानकारी दिएका छन् ।
बुहविवाह गरेको आरोप सहित पक्राउ भएका मुसिकोट नगरपालिका १० का लोक वहादुर पुन १० हजार धरौटीमा रिहा हुँदा हुकाम ९ का भरत सुनारको बहुविवाहको मुद्दा जिल्ला अतालतमा दर्ता भएको छ । बुहविवाहकै आरोप लागेका महत ९ का भविष्य केसी भने हाल सम्म फरार रहेको प्रतिवेदनमा उल्लेख छ ।
इन्सेकका जिल्ला प्रतिनिधि आदर्श केसीले नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ का लागी संकलित घटनाहरुको अर्ध वार्षीक पुर्व समिक्षा प्रतिवेदन प्रस्तुत गरेका हुन् ।  स्थानिय शान्ती समितिका संयोजक खड्क वहादुर डाँगीको प्रमुख आतिथ्यतामा प्रतिवेदन सार्वजनिक कार्यक्रम भएको हो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply