Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » » » दुई गाविसमा मात्र १ सय ६२ वालवालिका कुपोषित

रेखदेख संवाददाता ।

रुकुम काँडा १ तल्लो साकिमकी आस्मा वि.क.लाई दैनिक घरायसी कामकाज गर्न भ्याई नभ्याई हुन्थ्यो । आफ्नो दुधे बच्चालाई छोडेर घाँसपात र मेलापात गर्न मै उनको दिन जान्थ्यो । उनी आफु खानपाउदैन्थीन भने छोरा छोरीको        हेरचाह समेत गर्न पाउँदैन्थीन । २ वर्षकी उनकी छोरीको अनुहार चाउरीएको थियो । पेट फुलेको जस्तो समस्या देखिएपछि उनी हैरान थिइन् । तर कुनै उपाय पाएकी थिईन् । उनी जस्तै काँक्री २ की    जनकमारी नेपालीले पनि दुई वर्ष देखि यस्तै समस्या भोग्नु परेको थियो । बुढेसकालको साहारा छोरा दिनप्रतिदिन कमजोर भएपछि उनी चिन्तीत थिईन् । तर कुनै मेलोमेसो नै पाउन सकेको थिईनन् । काँडा र काँक्रीमा मात्र यस्तै वालवालिका ८२ र ८० जना रहेछन् । जसमध्ये २२ जना कडा कुपोषित नै भेटिए । भने बाकी १ सय ४० जना वालवालिका मध्यम खालको कुपोषणबाट ग्रसित भएको जनाएको छ ।
रुकुमेली समाज विकास केन्द्र र जिल्ला विकास समिति उपाप कार्यक्रम मार्फत ३ वर्ष मुनिका वालवालिकाको पोषण सर्बेक्षण कार्यक्रममा यस्तो अवस्था भेटिएको हो । जस अन्र्तगत काँडा गाविसमा १ सय ७२ जना बालवालिकामा सर्वेक्षण गर्दा ८२ जना र काँक्रीमा १ सय ८२ जनाको सर्बेक्षणमा ८० जना वालवालिका कुपोषित भेटीएका हुन् ।
कुपोषण हटाउन  तालिम
पूर्वी रुकुमको काँडा र काक्री गाविसमा आधा भन्दा वढी वालवालिका कुपोषित भटेटिएपछि आमाहरुलाई तालिम प्रदान गरिएको छ । कुपोषित बालवालिको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले  जिल्ला विकास समिति रुकुम, रुकुमेली समाज विकास केन्द्र र पश्चिम उच्च पहाडि गरिबी निवारण आयोजनाले काँडा र काँक्री गाविसमा सकारात्मक भिन्न व्यवहार पोषण शिक्षा तथा पुनस्थापना कार्यक्रम ५ दिने तालिम  सञ्चालन     गरिएको हो ।
तालिमबाट कुपोषित बालवालिकाको आमाहरुमध्येबाट छनौट गरी  सहजकर्ता आमा बनाएर १३ दिने पोषण केन्द्र समेत सञ्चालन गरिएको थियो । जसमा पोषण खाना बनाउने र खुवाउने तरिका,  हरियो साँगपात, पहेला फलफुल र माछा मासु अण्डा  खुवाइएको रुकुमेली समाज विकास केन्द्रका पोषण अधिकृत रक्षा चन्दले जानकारी दिएकी छिन् ।
बालवालिकाको अवस्था सुधारउन्मुख
१३ दिने पोषण केन्द्र मार्फत पोषिलो खाना खुवाएपछि काँडा र काँक्रीका बालवालिकाहरुको पोषण अवस्थामा केही सुधार आएको स्थानीयले बताएका छन् । १३ दिन पहिले र पछिको तौलमा करिब १ सय देखी ५ सय ग्राम सम्म बृद्धि भएको पोषण अधिकृत चन्दले जानकारी दिईन् । उनका अनुसार(‘काँडामा ८२ प्रतिसत वालवालिकाको स्वास्थ्यमा सुधार  आएको छ । भने काँक्रीमा ८२ प्रतिसत वालवालिको स्वास्थ्य सुधार आएको अधिकृत चन्दले जानकारीदिएकी छिन् । ’
पछिल्लो समयमा ५ दिने तालिम र १३ दिने पोषण केन्द्र मार्फत पोशिलो खाना खुवाएपछि बालवालिको स्वास्थ्य अवस्थामा सुधार आएको हो । उच्च पहाडि गरिबी निवारण आयोजना रुकुमकी काँडा गाविस सामाजिक परिचालक जालमाया बुढाका अनुसार पछिल्लो समय बालवालिकाहरुको स्वास्थ्यमा सुधार आएको छ । पूर्वी रुकुमका काँडा र काँक्री गाविसका कुपोषित वालवालिकाको  अवस्था सुधार गर्न सम्पूर्ण आमाहरुलार्ई  घरमा समेत पोशिलो खाने कुरा खुवाउन सल्लाह दिएको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply