Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » नाकाबन्दीले लगानीको वातावरण विगार्याे : अर्थशास्त्री


माघ २, काठमाडौं । अर्थशास्त्रीहरुले नाकाबन्दीले लगानीको वातावरण विगार्दै लगेको बताएका छन् । समग्र अर्थतन्त्र निरन्तर नकारात्मक बन्दै जाँदा यसले चिन्तित बनाएको उनीहरुको भनाइ छ । शनिवार राजधानीमा एशिया जर्नलिस्ट एशोसिएशन नेपालले आयोजना गरेको ‘नेपालको अर्थतन्त्रमा भुकम्प र नाकाबन्दीको प्रभाव, पुनस्र्थापनाको चुनौती र राष्ट्रिय क्षमता’ विषयक कार्यक्रममा उनीहरुको उक्त भनाइ आएको हो । 
पूर्व अर्थमन्त्री डा. रामशरण महतले भुकम्पले पूर्वाधारलाई क्षति पु¥याएको भए पनि त्यसलाई पुनर्निर्माण गर्न सकिने तर अहिलेको नाकाबन्दीले नेपालमा लगानीको बातावरण छैन भन्ने सन्देश गइरहेको बताए । ‘संविधान निर्माणपछि लगनीमैत्री वातावरण बन्ने अनुमान विपरीत, बनेको वातावरण पनि विग्रदै गएकोमा चिन्ता लागको छ’ उनले भने । 
नाकाबन्दीपछि इन्धनको मूल्यमा भएको वृद्धि र कालो बजारीबाट प्राप्त इन्धन प्रयोग गरेर उत्पादन गर्दा वस्तुको लागत उच्च हुने र निर्यात हुन नसक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । हामीले निरन्तर हाम्रा उद्योगबाट उत्पादित वस्तुको अन्य मुलुकमा उत्पादन हुने वस्तूविच प्रतिस्पर्धी क्षमता गुमाउदै गएका छौं’ उनले भने । यस्ता अवस्था आउनु अर्थतन्त्रको लागि डरलाग्दो हुने उनको भनाइ छ । 
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माले अर्थशास्त्रमा हुने माग र आपूर्तिविचको श्रृङ्खलामा आपूर्तिमा अवरोध हुँदा कालोबजारी बढदै गएको बताए । ‘यसले थुप्रै चुनौती र विकृति ल्याइरहेको छ’ उनले भने । कालोबजारीकै कारण एकातिर राज्यले राजस्व गुमाइरहेको छ भने अर्कोतिर स्थानीय उद्योगलाई त्यसको मार परिहरहेको उनको भनाइ छ । ‘यस्तो अवस्थामा लगानी आउन गाह्रो हुन्छ’  डा. शर्माले भने ।    
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. स्वर्णिम वाग्लेले नाकाबन्दीले अर्थतन्त्रको सबै पक्षलाई प्रहार गरेको बताए । ‘त्यसअघिको भूकम्पले ३१ ओटा जिल्लालाई प्रभाव पारेको थियो, नाकावन्दीले कुनै क्षेत्रलाई पनि छोडेको छैन’ उनले भने । भुकम्पको प्रभाव मूल्याङ्कन जस्तै नाकाबन्दीको पनि मूल्याङ्कन नगरीकन क्षतिको स्पष्ट तथ्याङ्क आउन नसक्ने उनको भनाइ छ । ‘भुकम्पको प्रभावपछि पनि राजस्व घाटालाई पुनस्र्थापित गर्न सक्ने स्थिति रहेको भए पनि अहिलेको नाकाबन्दीले घाटालाई घटाउन नसकिने अवस्था खडा भएको छ’ उनले भने । 
अबका चुनौति सामना गर्न नीतिगत सुधार र पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिनुपर्नेमा उनको जोड छ । साथै नियामक निकायलाई सक्षम बनाउनुपर्ने आवश्यकता रहेको उनले औल्याँए । 
कार्यक्रममा एशिया जर्नलिस्ट एशोसिएशन नेपालका अध्यक्ष बिष्णु निष्ठुरीले पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई विश्वकै उत्कृष्ठ अर्थमन्त्री हुन सफल भएकोमा सम्मान गरेका थिए । केही दिनअघि डा. महतलाई बेलायतको ‘दी बैङ्कर’ ले उक्त घोषणा गरेको थियो । 
                                       

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply