काठमाडौँ : मन्त्रिपरिषद् बैठकले नवलपरासी र रुकुममा २ चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ। निर्वाचन आयोगले प्रदेश विभाजन गर्दा टुक्रिएका जिल्लामा कसरी निर्वाचन गर्ने भन्ने स्पष्टता खोजेको थियो।
जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाएको अवस्थामा उसले कति हेर्ने भन्ने विवाद आयोगमा उत्पन्न भएको थियो।
मन्त्रिपरिषद् बैठकले नवलपरासीको ४ नंम्बर प्रदेशमा परेका क्षेत्रमा आउँदो बैशाख ३१ गते नै निर्वाचन गर्ने निर्णय लिएको हो। नवलपरासीमा दाउन्ने खोलाको वारी ४ नंम्बर र पारी ५ नंम्बर प्रदेशमा पर्दछ।
सरकारले प्रदेश ४ मा आउँदो बैशाख ३१ गते निर्वाचन गर्दैछ भने प्रदेश ५ मा जेठ ३१ मा निर्वाचन गर्दैछ। 'निर्वाचन आयोगले स्पष्टता खोजेको थियो, हामीले दुई चरणमा गर्ने भन्यौँ', मन्त्री प्रेमबहादुर सिंहले पहिलोपोस्टसित भने।
त्यस्तै रुकुम पनि प्रदेश ५ र ६ प्रदेशमा विभाजित छ। ६ नंम्बर प्रदेशमा यहि ३१ गते निर्वाचन हुँदैछ भने ५ नंम्बर प्रदेशमा जेठ ३१ गते निर्वाचन हुँदैछ।
निर्वाचन आयोगले ३४ जिल्लाका २ सय ९३ स्थानीय तहमा बैशाख ३१ गते निर्वाचन गर्ने तयारी गरिरहेको छ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
प्रविर ददेल माघ १ रुकुम । नेपाली कांग्रेस रुकुमका नेता तथा पूर्व जिल्ला विकास समिति रुकुमका सभापति स्वर्गिय हरिभक्त ओलीको १९ औं स्मृति ...
-
प्रविर ददेल साउन २२, रुकुम । समाचार संकलनमा लागि जिल्ला अस्पताल पुगेका पत्रकारमाथी प्रहरीले दुव्र्यवहार गरेको छ । शुक्रवार साँझ जिल्ल...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
रुकुममा मतगणना जारी प्रवीर ददेल जेठ १ रुकुम । रुकुमका मतगणना जारी रहेको छ । बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचन मतगणना जारी रहेको ह...
-
राष्ट्रिय आमसञ्चार नीति, २०७३ प्रस्तावना नेपालको संविधान (२०७२) मा व्यवस्था भएअनुरूप सबै प्रकारका विभेदको अन्त्य गरी सामाजिक तथा आर्थिक सम...
No comments: