मेनका परियार, रुकुम, २४ बैशाख । रुकुमको खलंगामा रहेको सृजनशील दलित एकल महिला कृषक समूह तरकारी खेती उत्पादनतिर लागेको छ । समूहले मूसिकोट नगरपालिका ठाराढुङ्गामा रहेको शितलपोखरीमा जग्गा भाँडामा लिई तरकारी खेती गर्न लागेको हो । दलित एकल महिलाहरुको १५ सदस्यीय समूहले यहि माघ महिना देखि सामूहिक रुपमा तरकारी खेती गर्न थालेको हो । समूहकी अध्यक्ष यामकुमारी नेपालीका अनुसार तरकारी खेतीको लागि करिब ५ रोपनी जग्गा बार्षिक १२ हजारका दरले भाँडामा लिईएको छ । भाँडा लिएको जग्गामा अहिले आलु, सिमी, भेडे खुसार्नी, प्याज, भान्टा लगाएतका तरकारीहरु लगाईएको छ । ‘हाम्रो समूहले २६ हजार ऋण लिएर तरकारी खेती थालेको हो’ – उपाध्यक्ष बेलमती परियारले भन्नुभयो । तरकारी खेती राम्रो हुदै गएपछि समूहका महिला दिदीबहिनीहरु खुशी भएका छन् । समूहकी कोषाध्यक्ष देउमा वि.क.ले भन्नुभयो – ‘हामीले कडा मेहनेतका साथ दुःख गरेर तरकारी खेती गरेका हौ अहिले राम्रो उत्पादन हुन लागेपछि दुःख बिर्सिएको छ । हामीले एक बोहरा आलु लगाएका हौं अहिले खन्दा करिब ६, ७ हजार बराबरको भएको छ ।’ समूहले लगाएको अन्य तरकारी बिक्री गर्न बाँकी नै रहेपनि आलु भने खनिसकेको उहाँले जानकारी दिनुभयो । समूह कार्यको पहिलो उत्पादन आलु राम्रो भएकोले अरु तरकारी पनि राम्रो हुने उनीहरुले अपेक्षा गरेको बताएका छन् । एकल दलित महिलाहरुले समूहमा आबद्ध भई काम गर्न थालेपछि जि.वि.स. अन्र्तगतको दलित समन्वय समितले रु. २५ हजार सहयोग गरेको थियो । समूह स्थापना भएको डेढ बर्षमै मासिक बैठक लेबीबाट ८ हजार बचत गरिसकेका उनीहरुले अब तरकारी बचेर त्यसैमा जम्मा गर्ने र आवश्यकता परेको बेला समूहका व्यक्तिहरुले नै सस्तो व्याजमा चलाउने उनीहरुले बताएका छन् । एकल दलित महिलाहरुको यो समूहले गरेको कार्य सहरानिय र उदारणीय छ ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
Home
»
»Unlabelled
» दलित एकल महिला तरकारी खेती उत्पादनतिर
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
पूरक परीक्षा साउन २० गते हुने काठमाडौं । वि.सं. ०७१ सालको एसएलसी परीक्षाको नतिजा प्रकाशित भएको छ । यस वर्ष नियमिततर्फ ४७.४३ प्रतिशत विद्...
-
रेखदेख संवाददाता साउन ३१ रुकुम । रेखदेख साप्ताहिक रुकुमका प्रकाशक÷सम्पादक प्रविर ददेल पुरस्कृत भएका छन् । नेपाल सरकार शिक्षा विभाग र पत्र...
No comments: