प्रवीर ददेल
असार १६, रुकुम । रुकुमका घर निर्माणमा कागर्ने (मिस्त्री) कालिगढहरुलाई भुकम्प निर्माण सम्वन्धी तालिम दिइएको छ । जिल्ला विकास समिति तथा ग्रामीन सामुदायीक पूर्वाधार विकास कार्यक्रमको आयोजनामा पहिलो पटक प्रतिरोधी घर निर्माण तालिमको आयोजना गरिएको हो ।
बैशाख १२ र २९ गते गएको विनासकारी भुकम्पले देशको विभिन्न जिल्लालगायत रुकुम जिल्लामा समेत सरकारी तथा नीजि भवन भत्कीएर क्षती भएपछि रुकुमका घर निर्माण (मिस्त्री) कालिगढहरुलाई तालिम प्रदान गर्न लागिएको ग्रामीन समुदाय पूर्वाधार विकास कार्यक्रमका इन्जीनियर कर्णबहादुर केसीले वताए । उनले भने, रुकुम जिल्लाका ४० जना (मिस्त्री) घर निर्माणमा काम गर्ने कालिगढहरुलाई तालिम प्रदान गरिएको जनाएका छन् ।
विशेषगरी घर निर्माणमा काम गर्ने (मिस्त्री) कालिगढहरुलाई भुकम्प प्रतिरोध घर निर्माण सम्बन्धी ज्ञान, सीप र धारणाको विकास गर्नको साथै आवश्यक पर्ने सामाग्री र भुकम्प प्रतिरोधी घरको महत्वको बारेमा जानकारी गराउने उद्देश्यले जिल्लामा पहिलो पटक भुकम्प प्रतिरोध घर निर्माण सम्वन्धी तालिमको आयोजना गरिएको जिल्ला विकास समिति रुकुमले जनाएको छ ।
रुकुममा भवन निर्माण कार्य तिव्र भएको र भुकम्प प्रतिरोधी भने निर्माण नभएको हँदा भुकम्पीय जोखिम न्यूनीकरण गर्न पहिलो चरणमा घर निर्माण (मिस्त्री) कालिगढहरुलाई तालिम आयोजना गरिएको स्थानीय विकास अधिकारी भरतकुमार शर्माले जानकारी दिए । उनले भने, घर निर्माण कालिगढहरुका लागि भुकम्प प्रतिरोधी घर निर्माणको लागि एक हप्ते तालिम सञ्चालन गरिएको छ । असार १६ गते सुरु भएको तालिम एक हप्ता सम्म सञ्चालन हुने र घर निर्माण कालिगढहरुलाई भुकम्प प्रतिरोधी घर निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ । तालिम असार २२ गते सम्म सञ्चालन हुने जनाएको छ । बैशाख १२ र २९ गतेको भुकम्पले देश तथा रुकुममा गाउँ बस्तीमा क्षती पु¥याएपछि पछिल्लो समयमा भुकम्प प्रतिरोधी घर निर्माण तर्फ आर्कषण बढेको छ । तालिममा मुसिकोट नगरपालिका लगायत ग्रामीन स्तरका घर निर्माण कालीगढलाई तालिममा सहभागी भएको जिल्ला विकास समिति रुकुमले जनाएको छ ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्ध...
-
उद्दारका लागि सरकारसँग माग भदौ १, रुकुम । बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबाङ ं४,रोल्पाका पन्चबहादुर रोकामगर जेल परेका छन । ...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
Add caption बैशाख १, रुकुम । (अस) जिलामा सबैभन्दा ठुलो पुरस्कार राशीको बुद्धीचाल(चेस) प्रतियोगीताको उद्द्याटन भएको छ । रुकुम सदरमुका...
-
प्रविर ददेल मंसिर ७ रुकुम । राष्ट्रिय गौरबको आयोजना १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजना नेपालकै लगानीमा निर्माण हुने ...
-
रुकुम जिल्ला मुसिकोट नगरपालिका १४ (साविवको छिवाङ–८) छिवाङखोला निवासी डिल्लीबहादुर ओलीको जेठो छोरा वर्ष १२ को गहुँगारो वर्णको कालो जिन्स पा...






No comments: