प्रवीर ददेल
असार १६, रुकुम । रुकुमका घर निर्माणमा कागर्ने (मिस्त्री) कालिगढहरुलाई भुकम्प निर्माण सम्वन्धी तालिम दिइएको छ । जिल्ला विकास समिति तथा ग्रामीन सामुदायीक पूर्वाधार विकास कार्यक्रमको आयोजनामा पहिलो पटक प्रतिरोधी घर निर्माण तालिमको आयोजना गरिएको हो ।
बैशाख १२ र २९ गते गएको विनासकारी भुकम्पले देशको विभिन्न जिल्लालगायत रुकुम जिल्लामा समेत सरकारी तथा नीजि भवन भत्कीएर क्षती भएपछि रुकुमका घर निर्माण (मिस्त्री) कालिगढहरुलाई तालिम प्रदान गर्न लागिएको ग्रामीन समुदाय पूर्वाधार विकास कार्यक्रमका इन्जीनियर कर्णबहादुर केसीले वताए । उनले भने, रुकुम जिल्लाका ४० जना (मिस्त्री) घर निर्माणमा काम गर्ने कालिगढहरुलाई तालिम प्रदान गरिएको जनाएका छन् ।
विशेषगरी घर निर्माणमा काम गर्ने (मिस्त्री) कालिगढहरुलाई भुकम्प प्रतिरोध घर निर्माण सम्बन्धी ज्ञान, सीप र धारणाको विकास गर्नको साथै आवश्यक पर्ने सामाग्री र भुकम्प प्रतिरोधी घरको महत्वको बारेमा जानकारी गराउने उद्देश्यले जिल्लामा पहिलो पटक भुकम्प प्रतिरोध घर निर्माण सम्वन्धी तालिमको आयोजना गरिएको जिल्ला विकास समिति रुकुमले जनाएको छ ।
रुकुममा भवन निर्माण कार्य तिव्र भएको र भुकम्प प्रतिरोधी भने निर्माण नभएको हँदा भुकम्पीय जोखिम न्यूनीकरण गर्न पहिलो चरणमा घर निर्माण (मिस्त्री) कालिगढहरुलाई तालिम आयोजना गरिएको स्थानीय विकास अधिकारी भरतकुमार शर्माले जानकारी दिए । उनले भने, घर निर्माण कालिगढहरुका लागि भुकम्प प्रतिरोधी घर निर्माणको लागि एक हप्ते तालिम सञ्चालन गरिएको छ । असार १६ गते सुरु भएको तालिम एक हप्ता सम्म सञ्चालन हुने र घर निर्माण कालिगढहरुलाई भुकम्प प्रतिरोधी घर निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ । तालिम असार २२ गते सम्म सञ्चालन हुने जनाएको छ । बैशाख १२ र २९ गतेको भुकम्पले देश तथा रुकुममा गाउँ बस्तीमा क्षती पु¥याएपछि पछिल्लो समयमा भुकम्प प्रतिरोधी घर निर्माण तर्फ आर्कषण बढेको छ । तालिममा मुसिकोट नगरपालिका लगायत ग्रामीन स्तरका घर निर्माण कालीगढलाई तालिममा सहभागी भएको जिल्ला विकास समिति रुकुमले जनाएको छ ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
जागीरका लागि अन्तरवार्ताका क्रममा अन्त्यतिर रोजगारदाताले ‘केही सोध्नु थियो कि ?’ भनेर तपाईंंलाई प्रश्न गर्न सक्छन् । त्यो तपाईंंलाई आफू त्यो...
-
गर्भमा रहेका शिशुलाई थप खतरा के तपाईंको बच्चाले आवश्यकताभन्दा बढी मात्रामा मोबाइल, ट्याब, ल्यापटपलगायत ग्याजेट्सको प्रयोग गर्छ ? यसो...
-
प्रवीर ददेल रुकुम । रुकुम उज्यालो कार्यक्रम अन्तरगत जिल्लाको खारा गाविसमा ५४ किलोवाट क्षमताको विद्युत उत्पादन भएको छ । खारा गाविसमा निर्...
-
रूकुमलाई केन्द्रबिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ। साँझ ६ बजेर ८ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। क...
-
प्रविर ददेल रेखदेख संवाददता - रुकुममा ट्रकले किचेर बालकको मृत्यु भएको छ । विहान आठ बजे जिल्ला सदरमुकाम खंलगा स्थित त्रिवेणी चोकमा होली खे...
-
प्रविर ददेल माघ १ रुकुम । नेपाली कांग्रेस रुकुमका नेता तथा पूर्व जिल्ला विकास समिति रुकुमका सभापति स्वर्गिय हरिभक्त ओलीको १९ औं स्मृति ...






No comments: