Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » » देशलाई निकास र जनतालाई विकास दिन्छौ ः पौडेल

प्रवीर ददेल असार २३, रुकुम । देशलाई निकास र जनतालाई विकास दिने पार्टी नेपाली कांग्रेस रहेको नेपाली कांग्रेसका केन्द्रिय उपसभापति रामचन्द्र पौडेलले जनाएका छन् । जिल्ला सदरमुकाम मुसिकोटमा वहृत नेपाली कांग्रेसको जिल्ला भेलालाई सम्वोधन गदैँ उपसभापति पौडेलले यस्तो धारणा राखेका हुन् । देशलाई निकास दिन संविधान मस्यौदा तयार पारी संविधान निर्माण प्रक्रियालाई गति दिएको र जनतालाई विकास दिन पनि नेपाली कांग्रेस अग्रसर रहेको स्पष्ट पारेका छन् । पहिलो संविधान सभामा नेपाली कांग्रेसको हारेको कारण देशले निकास र जनताले विकास नपाएको भन्दै नेपाली जनताको मुहारमा खुसी ल्याउन देशलाई निकास र जनतालाई विकास दिन नेपाली कांग्रेस अग्रणी पार्टी रहेको जनाए । नेपालको राजनैतिक, आर्थिक, सामाजिक, सास्कृतिकलगायतका परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा भएको उल्लेख गदैँ संविधान निर्माण र विकास निर्माण कार्यलाई समेत नेपाली कांग्रेसले नेतृत्व गरिरहेको जनाएका छन् । अहिले गाउँमा गाउँबाट नेपाली कांग्रेसले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात, विकासको लागि पहल गरेको र आगामि आर्थिक वर्षमा समेत विकास निर्माणमा जोड दिने उपसभापति पौडेलले जनाए । उनले भने, ‘जनताको पार्टी कांग्रेस हो, देशलाई निकास र विकास यसैले दिन्छ ।’ पहिले जनताको पार्टी भएको घुर्की लगाउने एनेकपा माओवादीलाई जनतालेनै ठिक पारेको बताए । देशको निकास दिने नाउँमा एनेकपा माओवादीले देशलाई अस्थिताको जन्जीरमा फसाएकरण देशले निकास र विकास निर्माणमा अप्ठेरो परेको जनाएका छन् । अहिले हामी प्रतिवद्ध छौ, छिट्टै संविधान निर्माण प्रक्रियालाई टुंगोमा पु¥याउछौ, पौडेलले भने । संविधान निर्माण प्रक्रियापछि अझै देशलाई विकासबाटोमा लम्काउने नेपाली कांग्रेसको योजना रहेको जनाए । रुकुम भौगलिक रुपमा सुन्दर जिल्ला भएको भन्दै यस जिल्लाको विकास निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको विकास लागि पहल गर्ने पौडेलले भनाई ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply