Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » » सभापति नेपालीले दिए सभासद जर्नादन शर्मालाई चुनौति

रेखदेख संवाददाता रुकुम । नेपाली कांग्रेसका रुकुम जिल्ला सभापती मानबहादुर नेपालीले एनेकपा माओवादीका नेता तथा सभासद जर्नादन शर्मालाई चुनौति दिएका छन् । विकासका नाममा कार्यकर्ताहरुलाई उपभोक्ता समिति गठन गरि भ्रष्टचार गरेको र जसका कारण निर्माण कम्पनी र उपभोक्ता सामित नै ठगिमा परेको कुरा स्पष्ट पारे पादै शर्माको राजनैतिक जिवन सकिएको जानकारी गराएका हुन् । जिल्ला सदरमुकाम मुसिकोटमा बुधबार आयोजित नेपाली कांग्रेस रुकुमको बृहत जिल्ला भेलामा बोल्दै उनले यस्तो धारणा राखेका हनु । रुकुमेली जनतालाई डर र धम्की दिएर एमाओवादीले दुवै निबार्चन क्षेत्र जिते पनि चुनौति दिन चाहान्छु, डर त्रासको राजनैतिक छोड्नु होस शर्माजी एमाओवादी र कांग्रेसको लाईन लगौऊ कस्को पक्षमा बहुमत बन्छ ? एमाओवादीका उधारो सपना रुकुमेली जनताले बुझिसकेका छन्, देशबाट पतन भइसकेको छ अव रुकुमबाट पनि छिट्टै पतन हुन्छ नेपालीले भने । एमाओवादी भित्रको भ्रष्टचार, अनियमितता, गुट, उपगुटले एमाओवादी समाप्तीको बाटोमा गइरहेको जनाए । चोरको हातमा चावी भने झैँ एमाओवादी नेता शर्मालाई लेखा समितिको संयोजक बनाएर भुल गरेको जनाए । त्यस्तै एमाओवादीका क्षेत्र नं १ का सभासद गणेश पुन समेत शर्माको वाटोमा हिडेर कमिसनको राजनैतिक गरेको आरोप लगाए । पुनले रुकुममा विकास निर्माण गरहेका संघ संस्था र निर्माण कम्पनीबाट कमिसन मागिरहेको खुलेको छ । यसले पुनको राजनैतिक भविष्य समेत समाप्त हुने नेपालीले प्रष्ट पारेका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply