Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

स्व.हरिभक्त ओली सम्झनामा फलफुल वितरण

 प्रविर ददेल
माघ १ रुकुम ।
नेपाली कांग्रेस रुकुमका नेता तथा पूर्व जिल्ला विकास समिति रुकुमका सभापति स्वर्गिय हरिभक्त ओलीको १९ औं स्मृति दिवश मनाईएको छ ।
मंगलबार स्वर्गिय हरिभक्त ओलीको सम्झनामा जिल्ला अस्पताल सल्ले रुकुम र राप्ती समाज अस्पतालका विरामीहरुलाई  फलफुल वितरण गरिएको हो ।
फलफुल वितरणमा नेपाली कांग्रेसका जिल्ला सदस्य गोरखबहादुर केसी, जिल्ला अस्पताल सल्लेका डा. सविन पोखरेल, मुसिकोट नगरपालिकाका वडा १ का  अध्यक्ष विरवल केसी, वडा नं. ३ का भिमबहादुर खड्का, नेपाल महिला संघ रुकुमकी अध्यक्ष मनिषा भण्डारी, तरुण दल रुकुमका अध्यक्ष लोकेन्द्र केसी, उपाध्यक्ष दिनेश खड्का, नेपाल शिक्षक संघका खिमबहादुर खड्का, प्रेस युनियन रुकुमका सह सचिव प्रविर ददेल  लगायतले विरामीहरुलाई फलफुल वितरण गरेका हुन् ।
 फलफुल वितरण पछि वोल्दै जिल्ला कार्य समिति रुकुमका सदस्य गोरखबहादुर केसीले स्व. हरिभक्त ओलीको हत्याले नेपाली कांग्रेस रुकुमलाई ठुलो क्षती पुय्राएको जनाएका छन् । उनले भने ओलीको हत्याले कांग्रेसलाई मात्र होईन सिङगो रुकुम जिल्लामै अतुलनीय क्षती पुगेको बताए ।
  नेपाली कांग्रेस रुकुमलाई कमजोर बनाउने  उद्देश्यले तत्कालिन नेकपा माओवादीले हत्या गरेको नेपाल महिला संघकी अध्यक्ष मनिषा भण्डारीले जानकारी दिएकी छिन् । उनले भनिन, नेपाली कांग्रेसको लागि माघ १ कालो दिन भएको समेत प्रष्ट्याईन । त्यस्तै तरुण दलका अध्यक्ष लोकेन्द्र केसीले कांग्रेसको जनलहर देखेर अतालिएर माओवादीले हत्या गरेको आरोप समेत लगाए ।

२०५५ साल माघ १ गते तत्कालिन विद्रोही तत्कालिन नेकपा माओवादीले स्वर्गीय हरिभक्त ओलीलाई रुकुमको चौरजहारीमा हत्या गरेको थियो । त्यस्तै स्वर्गिय हरिभक्त ओली सम्झनामा चौरजहारीमा समेत कार्यक्रम गरिएको छ । चौरजहारी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष भद्रबहादुर विष्टको अध्यक्षतामा भएको १९ औं स्मृति दिवसमा नेपाली कांग्रेसका नेता तिलक भण्डारीको प्रमुख आथित्यता रहेको थियो ।  ओलीको सम्झनामा आगामी माघ १६, १७ र १८ गते चौरजहारी मिसन अस्पतालमा मृगौला तथा मुटु परिक्षण शिविर समेत सञ्चालन गर्ने नेपाली कांग्रेस रुकुमले जानकारी दिएको छ ।

कर्मचारी आवश्यकता सम्वन्धी मुसिकोट नगरपालिकाको सूचना

वालक हराएको सूचना


रुकुम जिल्ला मुसिकोट नगरपालिका १४ (साविवको छिवाङ–८) छिवाङखोला निवासी डिल्लीबहादुर ओलीको जेठो छोरा वर्ष १२ को गहुँगारो वर्णको कालो जिन्स पाईन्ट र रातो र सेतो बुट्टा भएको कमेज  लगाएको लोकचन्द्र ओली मिति २०७४÷८÷१४ गते बिहान घरबाट एक्कासी निष्कीएर हाल सम्म सम्र्पकमा नआएको हुँदा भेट्नु हुने महानुभावले तपशिलमा उल्लेखीत ठेगाना वा नजिजको प्रहरी चौकी बुझाई दिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
तपशिल ः
काका ः किरण ओली
मुसिकोट नगरपालिका १४ (साविवको छिवाङ–८) छिवाङखोला
सम्र्पक नम्वर ः ९८४४९८३६२७, ९८४९८१८८२५ र ९८४७९८१५९४
   

‘रुकुममा एकीकृत परियोजना प्रभावकारी’


प्रविर ददेल
मङ्सिर १७, रुकुम ।
रुकुममा एकीकृत परियोजना प्रभावकारी रहेको छन् । पश्चिम रुकुमको खोलागाउँ, नुवाकोट, सिम्ली र गरायलामा सञ्चालन गरिएको एकीकृत परियोजना प्रभावकारी रहेको चौरजहारी नगरपालिका १४ कि भिमी सार्कीले जानकारी दिएकी छिन् । उनले भनिन,‘एकीकृत परियोजना दुर्गम गाउँका जनतामाझ लोकप्रिय
बनेको छ ।’ एकीकृत कार्यक्रमले स्थानीय गरिव र विपन्न लक्षित कार्यक्रम सञ्चालन गरेपछि प्रभावकारी भएको हो ।
विशेषगरी पोषण शिक्षा, विपन्न परिवारलाई आयआर्जन तथा व्यवसायीक शीप र विपन्न वालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम प्रभावकारी बनेको चौरजहारी नगरपालिकाका प्रमुख  विशाल  शर्माले जानकारी दिएका छन् । उनले भने, सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सञ्चालन गरिएका कार्यक्रम समेत प्रभावकारी रहेका छन् ।
 एकीकृत परियोजनाले रुकुमको शिक्षाको गुणस्तर सुधार गर्न पढाई शिविर, सामुदायीक विद्यालयका शिक्षक शिक्षिकाहरुलाई तालिम, बालशिक्षा कक्षालाई शैक्षिक सामाग्री वितरण लगायतका कार्यक्रम  प्रभावकारी रहेको नगरपालिकाका प्रमुख शर्माले जानकारी दिएका छन् । चौरजहारी नगरपालिकामा आयोजित एकीकृत परियोजनाको समिक्षा कार्यक्रममा प्रमुख शर्माले यस्तो धारणा राखेका हुन् । उनले भने, ‘कार्यक्रम प्रभावकारी रहेको छ, यसको क्षेत्र विस्तार तथा कुनै एक क्षेत्रमा नमूनायोग्य काम गरेर उदारणीय बनाउन आग्रह समेत गरे ।’
एकीकृत परियोजनाले पार्दशिता कायम गर्न सामाजिक लेखापरिक्षण समेत गर्ने गरेको छ । भने सरोकारवाला निकायको अनुगमन तथा मुल्याङ्कनले कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग गरेको रुकुमेली समाज विकास केन्द्र रुकुमका अध्यक्ष नरबहादुर नेपालीले जानकारी दिएका छन् । पश्चिम रुकुमको खोलागाउँ र नुवाकोटमा गत विहीबार र शुक्रवार सरोकारवाला निकायले अनुगमन समेत गरेको जनाएको छ ।

पूर्वी रुकुममा मतपेटीका हेलिकप्टेरबाट ढुवानी

फाईल तस्वीर ः रेखदेख

प्रविर ददेल
मंसिर १२, रुकुम ।
पूर्वी रुकुमका  दुर्गम मतदान केन्द्रका मतपेटीकाहरु हेलिकप्टेरबाट ढुवानी गरिएको छ । मंगलबार पूर्वी रुकुमका दुर्गम गाउँबाट मतपेटीकाहरु हेलिकप्टेर मार्फत  ढुवानी गरिएको हो ।  पूर्वी रुकुमका दुर्गम  ४ मतदान केन्द्रहरुबाट मतपेटीका हेलिकप्टेर मार्फत ढुवानी गरेको जिल्ला निर्वाचन अधिकृत राजेन्द्र प्रसाद पोखरेलले जानकारी दिएका छन् । उनले भने, ‘पुथा उत्तरगंगा गाउँपालिका अन्र्तगतका  प्राथमिक विद्यालय पेल्मा, आधारभुक्त विद्यालय रन्मामैकोट, देउराली मा.वि. हुकाम र पुथाहिमाल मा.वि. रन्मा मतदान केन्द्रबाट मतपेटीका हेलिकप्टेर मार्फत ढुवानी गरिएको हो ।’
पुथाउत्तरगंगा गाउँपालिकाको हुकामबाट सोमबार बेलुकी अवेर उडेको हेलिकोप्टर रुकुमकोटको आकाशमा उडेपनि त्यहाँ अवतरण गर्न नसक्दा रोल्पाको लिवाङमा लगिएको थियो । रुकुमकोटको भिजिविलिटि स्पस्ट नभएका कारण मतपेटिका लिएर आएको हेलिकोप्टर अवतरण गर्न नसकेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले बताए । रुकुमकोटमा हेलिकोप्टर अवतरण गर्न नसकेपछि ४ मतदान स्थलका मतपेटिका, मतदान अधिकृत र केही कर्मचारीहरुले सोमबारको रात रोल्पामै बिताए ।
४२ मतदान केन्द्र रहेको पूर्वी रुकुमका सबै मतदान केन्द्रबाट मतपेटीकाहरु जिल्ला सदरमुकाम रुकुमकोटमा ल्याएको छ । सबैभन्दा कान्छो जिल्लाको रुपमा रहेको पूर्वी रुकुममा तिन गाउँपालिका मात्र रहेका छन् ।  जसमा भुमे, सिस्ने र पुथाउत्तरगंगा गाउँपालिकामा २७ हजार ९ सय २८ मतदाता रहेका थिए । जसमध्ये   १८ हजार ३९ झण्डै ६५ प्रतिसत मत खसेको जिल्ला निर्वाचन कार्यालय पूर्वी रुकुमले जानकारी दिएको छ ।
जिल्ला सदरमुकाम रुकुमकोटमा ल्याएका मतपेटीकाहरु रुकुमेणी  मा.वि. विद्यालयको भवनमा राखिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले जानकारी दिएका छन् । उनले भने, ‘मतपेटीकाको सुरक्षाको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले गर्नेछ ।’
यसका साथै राजनीतिक दलहरुको प्रतिनिधीहरुले समेत मतपेटीकाको सुरक्षा दिने छन् । विशेषगरी नेपाली कांग्रेस, बाम गठबन्धन र नयाँ शक्ति पार्टीलगायतले मतपेटीकाको सुरक्षाको लागि डियुटी दिनेछन् । मतगणना दोस्रो चरणको निर्वाचन मंसिर २१  प्छि मात्र गरिने छ । पूर्वी रुकुममा प्रतिनिधी सभाको १ जनाको लागि ३ जना र प्रदेश सभा २ जनाको लागि ६ जना प्रतिस्प्र्रामा रहेका छन् ।

बुढी गण्डकी जलविद्युत आयोजना नेपालकै लगानीमा निर्माण हुन्छ ः प्रधानमन्त्री


प्रविर ददेल
मंसिर ७ रुकुम ।
राष्ट्रिय गौरबको आयोजना  १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजना नेपालकै लगानीमा निर्माण हुने प्रधानमन्त्री शेरबहादुर देउवाले जनाएका छन् । बिहीबार पश्चिम रुकुमको सदरमुकाम मुसिकोटमा आयोजित चुनावी सभामा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो धारणा राखेका हुन् ।
बुढी गण्डकी जलविद्युत आयोजना नेपालको शान र गौरबसँग जोडिएको विषय भएको कारण विदेशी कम्पनीलाई निर्माणको जिम्मा नदिने जानकारी गराएका छन् । उनले भने,‘राष्ट्रिय गौरब र राष्ट्रिय महत्वको योजना नेपाल आफैले निर्माण गर्नुपर्ने जनाए ।’ उनका अनुसार–‘भोली (शुक्रवार) बस्ने मन्त्रीपरिषद्बाट बुढीगण्डकी निर्माण नेपाली कम्पनी मार्फत निर्माण गरिने निर्णय गर्ने तयारी भएको समेत जानकारी दिएका छन् ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल  नेतृत्वको सरकारले रातारात बिना प्रतिस्प्रर्धा बुढी गण्डकी निर्माणको जिम्मा  चिनियाँ कम्पनी गेजुवालाई  दिने निर्णय नेपालको हित विपरित भएको भन्दै मन्त्री परिषदको निर्णयले खारेज गरेको समेत स्पष्ट पारे ।
असोज ९ गते (सोमबार) बसेको संसदको कृषि तथा जलस्रोत समितीले  १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी आयोजना चिनियाँ कम्पनी गेजुवालाई निर्माणको जिम्मा दिने निर्णय सहित प्रक्रिया खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो । सो अनुरुप नेपाल सरकारको कार्तिक २७ गते बसेको मन्त्रीपरिषद्को निर्णयले बुढी गण्डकी निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने यसअघिको निर्णय खारेज गरेको थियो । 
बुढी गण्डकी जलविद्युत आयोजना निर्माण प्रक्रिया सुरु गरेर पुरा गर्ने प्रधानमन्त्री देउवाले जनाए । उनका अनुसार देशलाई समृद्धि  बनाउन जलविद्युतमा लगानी गर्नु पर्ने धारणा समेत राखेका छन् । देशमा ठुला ठुला जलविद्युत आयोजना निर्माण भएपछि उद्योग धन्दा कलकारखाना स्थापना हुने जनाए । जसले नेपालमा रहेको बेरोजगार समस्यालाई हल गर्नुका साथै देश आर्थिक रुपमा समृद्धि हुने ठोकुवा गरेका छन् ।
रुकुममा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभामा बोल्दै प्रधानमन्त्री देउवाले रुकुम १० वर्षे जनयुद्धबाट थिलो थिलो भएको भन्दै अब विकासको जिम्मा कांग्रेसलाई दिन समेत रुकुमेली मतदाताहरुलाई आग्रह गरेका छन् ।  उनले रुकुम जिल्लाको विकास निर्माणका साथै समृद्धिको योजना समेत सुनाएका थिए ।