Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

स्व.हरिभक्त ओली सम्झनामा फलफुल वितरण

 प्रविर ददेल
माघ १ रुकुम ।
नेपाली कांग्रेस रुकुमका नेता तथा पूर्व जिल्ला विकास समिति रुकुमका सभापति स्वर्गिय हरिभक्त ओलीको १९ औं स्मृति दिवश मनाईएको छ ।
मंगलबार स्वर्गिय हरिभक्त ओलीको सम्झनामा जिल्ला अस्पताल सल्ले रुकुम र राप्ती समाज अस्पतालका विरामीहरुलाई  फलफुल वितरण गरिएको हो ।
फलफुल वितरणमा नेपाली कांग्रेसका जिल्ला सदस्य गोरखबहादुर केसी, जिल्ला अस्पताल सल्लेका डा. सविन पोखरेल, मुसिकोट नगरपालिकाका वडा १ का  अध्यक्ष विरवल केसी, वडा नं. ३ का भिमबहादुर खड्का, नेपाल महिला संघ रुकुमकी अध्यक्ष मनिषा भण्डारी, तरुण दल रुकुमका अध्यक्ष लोकेन्द्र केसी, उपाध्यक्ष दिनेश खड्का, नेपाल शिक्षक संघका खिमबहादुर खड्का, प्रेस युनियन रुकुमका सह सचिव प्रविर ददेल  लगायतले विरामीहरुलाई फलफुल वितरण गरेका हुन् ।
 फलफुल वितरण पछि वोल्दै जिल्ला कार्य समिति रुकुमका सदस्य गोरखबहादुर केसीले स्व. हरिभक्त ओलीको हत्याले नेपाली कांग्रेस रुकुमलाई ठुलो क्षती पुय्राएको जनाएका छन् । उनले भने ओलीको हत्याले कांग्रेसलाई मात्र होईन सिङगो रुकुम जिल्लामै अतुलनीय क्षती पुगेको बताए ।
  नेपाली कांग्रेस रुकुमलाई कमजोर बनाउने  उद्देश्यले तत्कालिन नेकपा माओवादीले हत्या गरेको नेपाल महिला संघकी अध्यक्ष मनिषा भण्डारीले जानकारी दिएकी छिन् । उनले भनिन, नेपाली कांग्रेसको लागि माघ १ कालो दिन भएको समेत प्रष्ट्याईन । त्यस्तै तरुण दलका अध्यक्ष लोकेन्द्र केसीले कांग्रेसको जनलहर देखेर अतालिएर माओवादीले हत्या गरेको आरोप समेत लगाए ।

२०५५ साल माघ १ गते तत्कालिन विद्रोही तत्कालिन नेकपा माओवादीले स्वर्गीय हरिभक्त ओलीलाई रुकुमको चौरजहारीमा हत्या गरेको थियो । त्यस्तै स्वर्गिय हरिभक्त ओली सम्झनामा चौरजहारीमा समेत कार्यक्रम गरिएको छ । चौरजहारी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष भद्रबहादुर विष्टको अध्यक्षतामा भएको १९ औं स्मृति दिवसमा नेपाली कांग्रेसका नेता तिलक भण्डारीको प्रमुख आथित्यता रहेको थियो ।  ओलीको सम्झनामा आगामी माघ १६, १७ र १८ गते चौरजहारी मिसन अस्पतालमा मृगौला तथा मुटु परिक्षण शिविर समेत सञ्चालन गर्ने नेपाली कांग्रेस रुकुमले जानकारी दिएको छ ।

‘रुकुममा एकीकृत परियोजना प्रभावकारी’


प्रविर ददेल
मङ्सिर १७, रुकुम ।
रुकुममा एकीकृत परियोजना प्रभावकारी रहेको छन् । पश्चिम रुकुमको खोलागाउँ, नुवाकोट, सिम्ली र गरायलामा सञ्चालन गरिएको एकीकृत परियोजना प्रभावकारी रहेको चौरजहारी नगरपालिका १४ कि भिमी सार्कीले जानकारी दिएकी छिन् । उनले भनिन,‘एकीकृत परियोजना दुर्गम गाउँका जनतामाझ लोकप्रिय
बनेको छ ।’ एकीकृत कार्यक्रमले स्थानीय गरिव र विपन्न लक्षित कार्यक्रम सञ्चालन गरेपछि प्रभावकारी भएको हो ।
विशेषगरी पोषण शिक्षा, विपन्न परिवारलाई आयआर्जन तथा व्यवसायीक शीप र विपन्न वालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम प्रभावकारी बनेको चौरजहारी नगरपालिकाका प्रमुख  विशाल  शर्माले जानकारी दिएका छन् । उनले भने, सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सञ्चालन गरिएका कार्यक्रम समेत प्रभावकारी रहेका छन् ।
 एकीकृत परियोजनाले रुकुमको शिक्षाको गुणस्तर सुधार गर्न पढाई शिविर, सामुदायीक विद्यालयका शिक्षक शिक्षिकाहरुलाई तालिम, बालशिक्षा कक्षालाई शैक्षिक सामाग्री वितरण लगायतका कार्यक्रम  प्रभावकारी रहेको नगरपालिकाका प्रमुख शर्माले जानकारी दिएका छन् । चौरजहारी नगरपालिकामा आयोजित एकीकृत परियोजनाको समिक्षा कार्यक्रममा प्रमुख शर्माले यस्तो धारणा राखेका हुन् । उनले भने, ‘कार्यक्रम प्रभावकारी रहेको छ, यसको क्षेत्र विस्तार तथा कुनै एक क्षेत्रमा नमूनायोग्य काम गरेर उदारणीय बनाउन आग्रह समेत गरे ।’
एकीकृत परियोजनाले पार्दशिता कायम गर्न सामाजिक लेखापरिक्षण समेत गर्ने गरेको छ । भने सरोकारवाला निकायको अनुगमन तथा मुल्याङ्कनले कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग गरेको रुकुमेली समाज विकास केन्द्र रुकुमका अध्यक्ष नरबहादुर नेपालीले जानकारी दिएका छन् । पश्चिम रुकुमको खोलागाउँ र नुवाकोटमा गत विहीबार र शुक्रवार सरोकारवाला निकायले अनुगमन समेत गरेको जनाएको छ ।

पूर्वी रुकुममा मतपेटीका हेलिकप्टेरबाट ढुवानी

फाईल तस्वीर ः रेखदेख

प्रविर ददेल
मंसिर १२, रुकुम ।
पूर्वी रुकुमका  दुर्गम मतदान केन्द्रका मतपेटीकाहरु हेलिकप्टेरबाट ढुवानी गरिएको छ । मंगलबार पूर्वी रुकुमका दुर्गम गाउँबाट मतपेटीकाहरु हेलिकप्टेर मार्फत  ढुवानी गरिएको हो ।  पूर्वी रुकुमका दुर्गम  ४ मतदान केन्द्रहरुबाट मतपेटीका हेलिकप्टेर मार्फत ढुवानी गरेको जिल्ला निर्वाचन अधिकृत राजेन्द्र प्रसाद पोखरेलले जानकारी दिएका छन् । उनले भने, ‘पुथा उत्तरगंगा गाउँपालिका अन्र्तगतका  प्राथमिक विद्यालय पेल्मा, आधारभुक्त विद्यालय रन्मामैकोट, देउराली मा.वि. हुकाम र पुथाहिमाल मा.वि. रन्मा मतदान केन्द्रबाट मतपेटीका हेलिकप्टेर मार्फत ढुवानी गरिएको हो ।’
पुथाउत्तरगंगा गाउँपालिकाको हुकामबाट सोमबार बेलुकी अवेर उडेको हेलिकोप्टर रुकुमकोटको आकाशमा उडेपनि त्यहाँ अवतरण गर्न नसक्दा रोल्पाको लिवाङमा लगिएको थियो । रुकुमकोटको भिजिविलिटि स्पस्ट नभएका कारण मतपेटिका लिएर आएको हेलिकोप्टर अवतरण गर्न नसकेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले बताए । रुकुमकोटमा हेलिकोप्टर अवतरण गर्न नसकेपछि ४ मतदान स्थलका मतपेटिका, मतदान अधिकृत र केही कर्मचारीहरुले सोमबारको रात रोल्पामै बिताए ।
४२ मतदान केन्द्र रहेको पूर्वी रुकुमका सबै मतदान केन्द्रबाट मतपेटीकाहरु जिल्ला सदरमुकाम रुकुमकोटमा ल्याएको छ । सबैभन्दा कान्छो जिल्लाको रुपमा रहेको पूर्वी रुकुममा तिन गाउँपालिका मात्र रहेका छन् ।  जसमा भुमे, सिस्ने र पुथाउत्तरगंगा गाउँपालिकामा २७ हजार ९ सय २८ मतदाता रहेका थिए । जसमध्ये   १८ हजार ३९ झण्डै ६५ प्रतिसत मत खसेको जिल्ला निर्वाचन कार्यालय पूर्वी रुकुमले जानकारी दिएको छ ।
जिल्ला सदरमुकाम रुकुमकोटमा ल्याएका मतपेटीकाहरु रुकुमेणी  मा.वि. विद्यालयको भवनमा राखिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले जानकारी दिएका छन् । उनले भने, ‘मतपेटीकाको सुरक्षाको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले गर्नेछ ।’
यसका साथै राजनीतिक दलहरुको प्रतिनिधीहरुले समेत मतपेटीकाको सुरक्षा दिने छन् । विशेषगरी नेपाली कांग्रेस, बाम गठबन्धन र नयाँ शक्ति पार्टीलगायतले मतपेटीकाको सुरक्षाको लागि डियुटी दिनेछन् । मतगणना दोस्रो चरणको निर्वाचन मंसिर २१  प्छि मात्र गरिने छ । पूर्वी रुकुममा प्रतिनिधी सभाको १ जनाको लागि ३ जना र प्रदेश सभा २ जनाको लागि ६ जना प्रतिस्प्र्रामा रहेका छन् ।

बुढी गण्डकी जलविद्युत आयोजना नेपालकै लगानीमा निर्माण हुन्छ ः प्रधानमन्त्री


प्रविर ददेल
मंसिर ७ रुकुम ।
राष्ट्रिय गौरबको आयोजना  १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजना नेपालकै लगानीमा निर्माण हुने प्रधानमन्त्री शेरबहादुर देउवाले जनाएका छन् । बिहीबार पश्चिम रुकुमको सदरमुकाम मुसिकोटमा आयोजित चुनावी सभामा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो धारणा राखेका हुन् ।
बुढी गण्डकी जलविद्युत आयोजना नेपालको शान र गौरबसँग जोडिएको विषय भएको कारण विदेशी कम्पनीलाई निर्माणको जिम्मा नदिने जानकारी गराएका छन् । उनले भने,‘राष्ट्रिय गौरब र राष्ट्रिय महत्वको योजना नेपाल आफैले निर्माण गर्नुपर्ने जनाए ।’ उनका अनुसार–‘भोली (शुक्रवार) बस्ने मन्त्रीपरिषद्बाट बुढीगण्डकी निर्माण नेपाली कम्पनी मार्फत निर्माण गरिने निर्णय गर्ने तयारी भएको समेत जानकारी दिएका छन् ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल  नेतृत्वको सरकारले रातारात बिना प्रतिस्प्रर्धा बुढी गण्डकी निर्माणको जिम्मा  चिनियाँ कम्पनी गेजुवालाई  दिने निर्णय नेपालको हित विपरित भएको भन्दै मन्त्री परिषदको निर्णयले खारेज गरेको समेत स्पष्ट पारे ।
असोज ९ गते (सोमबार) बसेको संसदको कृषि तथा जलस्रोत समितीले  १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी आयोजना चिनियाँ कम्पनी गेजुवालाई निर्माणको जिम्मा दिने निर्णय सहित प्रक्रिया खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो । सो अनुरुप नेपाल सरकारको कार्तिक २७ गते बसेको मन्त्रीपरिषद्को निर्णयले बुढी गण्डकी निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने यसअघिको निर्णय खारेज गरेको थियो । 
बुढी गण्डकी जलविद्युत आयोजना निर्माण प्रक्रिया सुरु गरेर पुरा गर्ने प्रधानमन्त्री देउवाले जनाए । उनका अनुसार देशलाई समृद्धि  बनाउन जलविद्युतमा लगानी गर्नु पर्ने धारणा समेत राखेका छन् । देशमा ठुला ठुला जलविद्युत आयोजना निर्माण भएपछि उद्योग धन्दा कलकारखाना स्थापना हुने जनाए । जसले नेपालमा रहेको बेरोजगार समस्यालाई हल गर्नुका साथै देश आर्थिक रुपमा समृद्धि हुने ठोकुवा गरेका छन् ।
रुकुममा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभामा बोल्दै प्रधानमन्त्री देउवाले रुकुम १० वर्षे जनयुद्धबाट थिलो थिलो भएको भन्दै अब विकासको जिम्मा कांग्रेसलाई दिन समेत रुकुमेली मतदाताहरुलाई आग्रह गरेका छन् ।  उनले रुकुम जिल्लाको विकास निर्माणका साथै समृद्धिको योजना समेत सुनाएका थिए ।

मुसिकोटमा कांग्रेसको अग्रता सानीभेरीमा माओवादी

रुकुममा मतगणना जारी
प्रवीर ददेल
जेठ १ रुकुम । रुकुमका मतगणना जारी रहेको छ  । बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचन मतगणना जारी रहेको हो  । जस अन्र्तगत मुसिकोट नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । भने सानीभेरी गाउँपालिकामा  माओवादी केन्द्रले अग्रता लिएको मुख्य निर्वाचनको कार्यालय रुकुमले जानकारी दिएको छ  ।
मुख्य निर्वाचन कार्यालयका अनुसार मुसिकोट नगरपालिकाको १, २ र ३ वटामा कांग्रेस विजयी भएको छ । भने सानीभेरी गाउँपालिकाको  १,२, ३, ४, ६र ७ वटा वडामा एमाओवादी विजयी भएको छ । त्यस्तै बाँफीको गाउँपालिका १ र चौरजहारी नगरपालिका १४ मा पनि माओवादी केन्द्र विजयी भएको जिल्ला निर्वाचन अधिकृत कमलमणी देवकोटाले जानकारी दिएका छन् । उनका अनुसार–‘ विजयी भएका अधिकास वडाहरुमा प्यानल नै विजय भएको छ ।’ भने मुसिकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसको अग्रता रहेको छ । रुकुमको अधिकास वडा तथा गाउँपालिका र नगरपालिकामा मतगणना भएपनि कसैको जित हात पार्न सकेका छैनन् ।
प्रदेश नं. ६ अन्र्तगतका ३ वटा गाउँपालिका र ३ वटा नगरपालिकामा शनिवार मतदान भएको थियो । मतपेटीका गाउँपालिकाको केन्द्रमा ल्याएर मतगणना सुरु भएको हो । उता आठविसकोट नगरपालिकामा भने मतपेटीका ढुवानीमा समस्या भएपछि मतगणना सुरु भएको छैन् । शनिवार भएको स्थानीय तहको चुनावमा रुकुममा  झण्डै ७६ प्रतिसत मत खसेको थियो । प्रदेश नं. ५ मा परेका रुकुमका ३ गाउँपालिका सिस्ने, पुथा उत्तरगंगा र भुमे गाउँपालिकामा  दोस्रो चरणको चुनाव हुने छ । पहिलो चरणको चुनावमा  रुकुमका ८ राजनीतिक दलहरुले भाग लिएका थिए । भने  ७७ हजार ४ सय ५१ मतदाता  रहेको जिल्ला निर्वाचन कार्यालय रुकुमले जानकारी दिएको छ ।
मुसिकोटमा सबैको ध्यान
मुसिकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा सबैको ध्यान गएको छ । रुकुम जिल्लाको केन्द्र विन्दुको रुपमा रहेको मुसिकोट नगरपालिकामा सबैको चासो वढेको हो । माओवादी केन्द्रले आफ्नो आधार ईलाका मान्दै आएको रुकुम जिल्लाको मुसिकोट नगरपालिकाका ३ वटा वडाहरुमा कांग्रेस विजयी भएपछि स्थानीयको चासो वढेको हो । मुसिकोटमा  नेपाली कांग्रेका प्रमुख र उपप्रमुखको अग्रता  देखिएको छ । भने चौरजहारी नगरपालिकामा माओवादी केन्द्रको अग्रता रहेको छ । त्यस्तै वाफिकोट गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको प्रतिस्प्रर्धा भई रहेको जनाएको छ ।

मुसिकोट नगरपालिकामा कांग्रेसको विजयी सुरुवात


प्रवीर ददेल
जेठ १ रुकुम । रुकुमको मुसिकोट नगरपालिकामा कांग्रेसको विजयी सुरुवात गरेको छ । मुसिकोट २ मा नेपाली कांग्रेसको तर्फबाट सम्पूर्ण प्यानल विजयी भएको हो  ।  नेपाली कांग्रेसको तर्फबाट  वडा अध्यक्षमा काशिराम खड्काले २ सय ५० मत अन्तरले विजयी भएका छन् । उनले ३ सय ७२ मत प्राप्त गरी विजयी भएका हुन  । भने उनका प्रतिद्धन्दी माओवादी केन्द्रका नरबहादुर खड्काले १ सय २२ मत प्राप्त गरेका छन् । भने नेकपा एमालेका हरि केसीले ८९ मत प्रात गरेका छन् ।
त्यस्तै महिला सदस्यमा इश्वरी खड्काले ३ सय ७० र दलित महिला सदस्य कल्पना बस्यालले ३ सय ५६ मत प्राप्त गरेर विजयी भएको मुख्य निर्वाचन कार्यालय रुकुमले जानकारी दिएको छ । त्यस्तै सदस्यहरुमा खम्वु मल्ले ३ सय ६७ र दिनेश खड्काले ३ सय ८४ मत प्राप्त गरेको जनाएको छ ।
नेपाली कांग्रेसको तर्फबाट मुसिकोट नगरपालिका  मेयरका उम्मेदवार महेन्द्र केसीले वडा नं २ बाट ४ सय ९ प्राप्त गरेका छन् । भने नेपाली कांग्रेसकै उपमेयरका उम्मेदवार वालकुमारी गिरीले ३ सय ३६ मत प्राप्त गरेर माओवादी केन्द्र र एमालेका उम्मेदवारलाई पछाडि पारेका छन् । वडा नं २ बाट माओवादी केन्द्रका मेयरका उम्मेदवार देवीलाल गौतमले १ सय ७४ मत पाप्त गरेका छन् । भने उप मयेरमा प्रेमकुमारी सुनार केसीले १ सय ६६ मत पाप्त गरेका छन् । भने एमालेका मयेरका एमालेका उम्मेदवार विमल पुनले ९२ मत प्राप्त गरेका छन् । भने उप मेयर केशरी गौतमले १ सय ७० मत प्राप्त गरेका छन् । मुसिकोट नगरपालिकाको वडा नं. १ मा समेत नेपाली कांग्रेसको प्यानल अग्रस्थानमा रहेको छ ।  बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा  मुसिकोट नगरपालिमा ११ हजार ७ सय १४ मत खसेको थियो ।

‘एक वडा, एक उत्पादन’ क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको छ


महेन्द्र केसी मेयर (उम्मेदवार) नेपाली कांग्रेस मुसिकोट नगरपालिका

नेपालमा  जव पञ्चायती साशनको अन्त्य भयो र  २०४६ सालमा वौदलीय व्यवस्थाको स्थापना सँगै २०४६÷ ४७ मा नेपाल विद्यार्थीको संघको सस्थापक सदस्य भएको हुँ । त्यसपश्चात म अहिले सम्म नेपाली कांग्रेसको क्रियाशिल         राजनीतिमा छु । भने नेपालमा भएका ठुला (ठुला राजनीतिक      परिवर्तन निरुङकुर राजतन्त्र फाल्ने आन्दोलन होस् वा गणतन्त्र स्थापना गर्ने आन्दोलनमा मेरो सक्रिय भुमिका रहेको छ  । नेपाली कांग्रेस रुकुमको  तत्कालिन स्थानीय निकायको चुनावमा जिल्ला विकास समिति रुकुमको सभापति देखी गाविस अध्यक्षहरुलाई जिताउन मैले भुमिका खेलेको थिए । म रुकुम जिल्लाका ४३ गाविसमा पुगेको छु । त्यहाँको बास्तविकता बुझेको छु । अर्को कुरा  पछिल्लो समय भएको नेपाली कांग्रेसको मुसीकोट नगरसभापति भएपछि मैले गरेका प्रतिवद्धता र योजना कार्यान्वयन गर्न प्रयत्न गरेको छु । नेपाली कांग्रेस रुकुमलाई थप उचाईमा पु¥याउन नेपाली कांग्रेस नगरसभापतीको हैसीयतले मुसिकोट नगरपालिका भित्र पर्ने साविकका साँख र खंलगा गाविसको ११ वडामा वडा समिति गठन, वडा कार्यालय स्थापना र सबै वडा तहमा  नेपाली कांग्रेस भातृसंगठन समेत निर्माण गरिएको छ । यिनै वडा र भातृ संगठनहरुले नियमिति गतिविधीहरु सञ्चालन गरिरहेका छन् । पछिल्लो समयमा राज्यको पुर्नसंरचना अन्र्तगत  ३ वटा थप गाविस चौखावाङ, भलाक्चा, छिवाङ र स्यालाखदीका  दुई वटा  वडामा गाभेर १४ वटा वडाको मुसिकोट नगरपालिकाका भएको छ । १४ वटै वडामा नेपाली कांग्रेसको संगठन विस्तार भएका छन् ।  घरदैलो अभियान गरेको छु । भने त्यहाँको जनताको  समस्याको     बारेमा मैले राम्रोसँग बुझेको छु । अहिले नेपाली कांग्रेस रुकुमले मलाई मुसिकोट नगरपालिकाको  मेयरको लागि उम्मेद्वारी बनाएको छ । हामी सम्पूर्ण नेपाली कांग्रेस एक भएर लागेका छौं । हाम्रो जीत सुनिश्चित रहेको छ । भने मुसिकोट नगरपालिका भित्र पर्ने सम्पूर्ण वडाहरुमा पनि हाम्रो जीत हुने पक्का भएको छ । मुसिकोट नगरपालिका क्षेत्रभित्र पर्ने  सबै वडा तथा गाउँमा अझै पनि नियमित गाडि चल्ने अवस्था छैन् । त्यसको सुधार गर्ने लक्ष्य लिएको छु । नगर बस सञ्चालन गरेर सम्पूर्ण स्थानीयलाई सेवा दिईने छ । एक घर एक       धाराको अभियान सञ्चालन गरेर खानेपानीको सहज पहँुच पुय्राउने छु । शिक्षाको क्षेत्रमा पनि       व्यवहारिक शिक्षा अन्र्तगत प्राविधक शिक्षा सञ्चालन गरिने छ । एक वडा एक उत्पादन क्षेत्र घोषणा गरि नगरपालिकाको विकासमा जोड दिईने छ ।  प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना गरी स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरिने छ ।  विद्युत, टेलिफोन, सिँचाई, पर्यटन, उद्यौगिक विकास गरी गाउँ गाउँमा रोजगारी सृजना गरिने छ । पिछडीएको दलित जनजाती अपाङ्गहरुको विकासको लागि थप योजना  तथा कार्यक्रम सञ्चाल गर्ने छु । भने २०७२ बैशाख १२ र २९ गते गएको भुकम्पको कारण भएको क्षतीले हामीलाई पाठ सिकाएको छ । अहिलेपनि मुसिकोट क्षेत्रभित्रका अधिकास घरहरु भुकम्प प्रतिरोधी छैनन् । मुसिकोट नगर क्षेत्रभित्र बन्ने नयाँ घर निर्माणमा सहुलिएतमा ऋणको व्यवस्थाका साथै अनुदानको लागि समेत पहल गर्ने छु । भने मुसिकोट नगरपालिका भित्र एकीकृत वस्ती विकास कार्यक्रमलाई प्रभाकारी रुपमा सञ्चालन गरीने छ । नयाँ संरचना अनुसार राज्यसेवा गाउँतहमा जाँदा मुसिकोट अप्ठेरोमा पर्छकी भन्ने आम मान्छेको बुझाई रहेको       कारण मैले यसलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने, प्राविधिक शिक्षालय अन्र्तगत मेडिकल कलेज स्थापना गरी यसको भविष्य सुनिश्चित गर्ने छु ।
 रेखदेखसँगको कुराकानीमा     आधारित

चुनाव आ- आफ्नै पक्षमा पार्ने कसरत


प्रविर ददेल
चैत १० रुकुम ।
   
सरकारले बैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै स्थानीय निर्वाचनको चर्चा चल्न थालेको छ । प्रमुख तीन        राजनीतक दलहरुले रुकुमको गाउँ गाउँमा चुनावी अभियानलाई तिव्र बनाउन थालेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले स्थानीयतह सम्म चुनावी अभियान अन्र्तगत घरदैलो कार्यक्रम तथा सभा सम्मेलन समेत  गरिरहेका छन् ।
रुकुमका ९ वटा स्थानीय तहमा आफ्नो पार्टीको पक्षमा निर्वाचन बनाउन प्रमुख तीन राजनीतिक दलहरु सक्रिय हुन थालेका छन् । विशेषगरी  नेपाली कांग्रेस रुकुम जिल्लामा द्धन्दको कारण गुमेको आफ्नो अस्थित्व फर्काउने  पक्षमा देखिन्छ । उसले जस्तो सुकै हालतमा पनि रुकुमका स्थानीय तहमा आफ्नो बस्र्चव कायम बनाउन पहल गरेको नेपाली कांग्रेसले स्रोतले जनाएको छ । त्यस्तै नेकपा एमाले रुकुमले रुकुम जिल्लामा कांग्रेस र माओवादीको बस्र्चवलाई कमजोर बनाई आफ्नो पक्षमा चुनावी  परिणाम पार्ने   कसरतमा देखिन्छ । भने माओवादी केन्द्र रुकुम जिल्लालाई आफ्नो लालकिल्ला कायम राख्न कसरतमै छ ।  भने नयाँ शक्ति नेपाल पार्टीले समेत आफ्नो गतिविधी वढाएको छ । नयाँ शक्ति रुकुमले समिकर गरेर भएपनि स्थापित हुनेपक्षमा छ । उता  विप्लव  र बैद्य माओवादीले भने रुकुममा शसक्त ढंगले स्थानीय निर्वाचन वहिष्कार गरेर जनता आफ्नो पक्षमा रहेको देखाउन पहल गरिरहेको छ । रुकुमेली जनता भने सरकारले स्थानीय निर्वाचनको घोषणा र स्थानीय तहको कार्यान्वय गरेसँगै उत्साहित देखिन्छन् ।  नेपाल सरकारले फागुन २७ गते देखि तत्कालिन पुराना संरचना गाविस भंगगरेसँगै गाउँ गाउँमा वडापालिका, गाउँपालिका र      नगरपालिका धमाधम खुलिरहेका छन् । कतिपय स्थानमा केन्द्र र नामको बारेमा समेत देखिएको छ ।  भने राजनीतिक दलहरुले समेत वडापालिका, गाउँपालिका र      नगरपालिका स्तरका आफ्ना संगठन निर्माण गरिरहेका छन् ।
कस्तो होला चुनाव
    रुकुममा चुनाव शान्तिपूर्ण हुनसक्छ ।  किनकी मधेसीदलको प्रभाव रुकुममा छैन् । तर विप्लव र बैद्य माओवादीका कारण केही स्थानमा असहज  पनि हुन सक्छ ।  विप्लव माओवादीका एक नेताले चुनाव सशक्त ढंगले वहिष्कार गर्ने रणीतिक योजना बनाईरहेको बताए । तर त्यस बारेमा प्रष्ट भने बोलेका छैन् । विप्लव माओवादीको  रणनितिक योजना कस्तो हुन्छ, त्यो भने हेर्न बाँकी छ । उता गाउँपालिकाको केन्द्र तकसेरा नभएको भन्दै तकसेराबासी यस अघिनै असन्तुष्टि व्यक्त गरिरहेका छन् । एक जना          तकसेराबासीले सामाजिक सञ्जाल फेसबुकमा केही दिन अगाडि तकसेरावासीले स्थानीय तहको चुनाव बहिष्कार गर्ने सार्वजनिक गरेका थिए ।
 तर त्यो      तकसेराबासीको आधिकारीक धारणा भए नभएको भने खुलेको छैन् । उता स्थानीय निर्वाचन र यार्सा सिजन एउटै समयमा छ । पूर्वी रुकुमका एक दर्जन वढी गाविसका जनताको आय आर्जनको मुख्य स्रोत बहुमुल्य जडिवुटी यार्सा खोज्नु भएका कारण  यसले स्थानीय चुनावलाई फरक पार्ने वा नपार्ने          राजनीति दलको गतिबिधीले निर्धारण  गर्ने देखिन्छ ।
भुमिका खोज्दै शिर्ष नेता
    रुकुममा ९ स्थानीय तह कायम भएसँगै पार्टी भित्र र बाहिर उम्मेद्धारको चर्चा चल्न थालेको छ । यद्यपी रुकुमका कुनैपनि पार्टीले उम्मेद्धारीको टुंगो भने लगाएको छैन् ।
 नेपालको संविधानमा स्थानीय तह वडापालिका, गाउँपालिकका र नगरपालिकाका प्रमुखहरु  अधिकार सम्पन्न हुने जनाएँसगै जिल्ला देखी गाउँ तह सम्मका नेताहरु समेत सल वलाउन  थालेका छन् । रुकुमका ९ स्थानीय तहमा तीन     राजनीतिक दलका सम्भावित उम्मेद्धारको विवरण       रेखदेखले प्रस्तुत  गरेको छ । तीनै दलका प्रमुख     राजनीतिक दलका शिर्ष नेताहरुपनि आफ्नो भुमिका कहाँ हुने भन्ने विषयमा सोचिरहेको पार्टी स्रोतहरुले बताएको छ ।
कतिपय निजामती तथा शिक्षक सेवा क्षेत्रमा कार्यरत  कर्मचारीहरु पनि सेवाबाट राजिनामा दिएर स्थानीय चुनावमा उम्मेद्धार बन्न सक्ने जनाएको छ ।
१ सय चार स्थानमा मतदान केन्द्र
    जिल्ला निर्वाचन कार्यालय रुकुमले स्थानीय तहको चुनावको लागि १ सय ४ स्थानमा मतदान केन्द्र तोकेको छ । जिल्ला स्थित राजनीतिक दल,     सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको विहीबार बसेको बैठकले गाउँपालिका र नगरपालिकाका वडापालिकामा केन्द्र बनाउन गरी १ सय ४ स्थानमा निर्वाचन केन्द्र प्रस्ताव गरी निर्वाचन आयोगमा पठाएको जिल्ला निर्वाचन अधिकृत कमलमणी देवकोटाले जानकारी दिएका छन् । उनले भने प्रत्येक वडा केन्द्रमा निर्वाचन केन्द्र हुने गरी प्रस्ताव निर्वाचन आयोगमा पठाएको छ ।